महालक्ष्मी विकास बैंकले नक्सालस्थित नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।सामाजिक उत्तरुदायित्वअन्तर्गत बैंकको दरवारमार्ग शाखाले विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्याङ्की खरिदका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।विद्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरिय शिक्षासँगै शारिरीक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको बैंकले जनाएको छ […]