२५ असोज, मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत […]
काठमाडौं : बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम
२६ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । […]
डोटीमा आज पनि परकम्प गएको छ । भूकम्पपछि अहिलेसम्म करिब तीन सय परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड...
काठमाण्डाै - सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ ।
बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।
काठमाण्डाै - दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।
गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।
यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...