राष्टिय प्रजातन्त्र पार्टीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपनाएको लकडाउनको दुई महिनाभन्दा बढिको समयमा अपनाउनुपर्ने अन्य उपाय, योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको जनाएको छ ।राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधी उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको जनाएका छन् ।