महिला हिंसाका घटनामा सरकारलाई संवेदनशील बन्न अनेमसंघ समाजवादीको आग्रह

बुटवल।  नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैङ्गिक हिंसाका घटनामा ध्यानाकर्षण गराउँदै सरकारलाई संवेदनशील रुपमा प्रस्तुत हुन आग्रह गरेको छ । अनेमसंघ समाजवादी लुम्बिनी प्रदेशको बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिंसा हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्दामा […]

सम्बन्धित सामग्री

भागरथी प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याउन चार महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितमा चार महिला सङ्गठनले बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्याका दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । २०७७ माघ २५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की संयोजक अमृता थापा, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी र विवेकशील साझा महिला सङ्घकी संयोजक रजनी केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “यही माघ २१ गते २ बजेसम्म विद्यालय रहेकी १७ वर्षीय किशोरी साँझ घर नफर्केपछि खोज्ने क्रममा २२ गते अपराह्नतिर क्षत्विक्षत् अवस्थामा शव फेला परेको घटनाले हामीलाई स्तब्ध बनाएको छ । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं. ७ की भागरथी भट्ट १२ कक्षामा अध्ययनरत किशोरीले आज संविधानप्रदत्त अधिकार उपभोग गर्न पाइनन्; किन ? आज एक्काइसौँ शताब्दीको मानव सभ्यताले जवाफ दिनुपर्ने भएको छ । के छोरीहरूले आफ्नो आयु पूर्ण रूपमा जिउन पाउँदैनन् ? पाउँछन् भने हत्या हुने वातावरण किन र कसरी बन्छ ? त्यस्तो वातावरण भए बच्ने वातावरण सृजना किन हुँदैन ? घटना घट्यो भने पनि दोषी आज २४ गतेसम्म पनि पक्राउ किन पर्दैन भने हामीले पक्कै भन्नुपर्छ– शान्ति सुरक्षाको जिम्मा लिएर बस्ने गृह प्रशासन के हेरेर बसेको छ ? लामो समयको सङ्घर्षद्धारा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार मात्र दिएको छैन, अपितु शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक हकमा राखेको छ । तर दिनदहाडै विद्यालयबाट घर फर्कने क्रममा यसरी विभत्स हत्या हुनु र घटनास्थलको प्रारम्भिक अध्ययनले बलात्कार पछि खुल्ने डरले हत्या गरेको आशङ्का गर्ने ठाउँ प्रशस्त देखिन्छ । यस्तो संवेदनशील घटनाप्रति हामी महिला हक, हित र अधिकारका लागि सङ्घर्षरत महिला सङ्घहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी संविधानको पूर्ण पालना र आम नागरिकले शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टी चाहन्छौँ र आगामी दिनमा यस्ता घटना नदोरिउन भन्नका खातिर यथाशीघ्र दोषी पत्ता लगाई कानुनको दायरामा ल्याएर हदैसम्मको कार्वाहीको माग गर्दछौँ । फक्रन नपाउँदै ...