१ भदौ, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा योजना बनाइ पेश गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्मका चुनावबाट उपलब्ध तथ्य, तथ्यांक समेतका आधारमा अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न भनिएको छ […]