काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ।कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन बढेकाे भन्दै आयाेगले कोरोना रोकथामका तयारी र प्रयासहरूका सम्बन्धमा सोमबार सरकारका अधिकारीहरुसँग छलफल गर्दैं यस्तो आग्रह गरेको हो।छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरूका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधिको अभाव, सवारी