नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् ।‘संघको ११० र प्रदेशको २२० समानुपातिक सिट खारेज गरिनुपर्छ । अहिले राष्ट्रियसभा ५९ सदस्यीय छ । त्यसमा ४० जना थपेर ९९ सदस्यीय बनाउनुपर्छ । त्यसमा समानुपातिक प्रतिनिधित्व गराउँदा