नेपाल–भारत सम्बन्धमा नयाँ आयाम

प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग खुला रूपमा कुराकानी भएको र त्यसले नेपाल भारत सम्बन्धलाई नयाँ तरीकाले हेर्नुपर्ने कुरालाई स्थापित गरेको विश्लेषण गरिएको छ । भ्रमणमा सीमा विवाददेखि ऊर्जा व्यापारसम्मका विषयमा कुराकानी भएको र चारओटा विषयमा सम्झौतासमेत भएको छ । तर, जति नै सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने परम्परा कायम रहे यो भ्रमण उपलब्धिविहीन हुने सम्भावना उत्तिकै छ । नेपाल–भारत सम्बन्ध सदियौं पुरानो र विशिष्ट भएर पनि विवादरहित भने छैन । यो भ्रमणले समस्या समाधानका लागि ढोका खोल्ने सम्भावना देखिन्छ । यसपटक भारतले पञ्चेश्वर आयोजना अघि बढाउन सकारात्मक प्रतिक्रिया दिएको छ । यस्तो प्रतिक्रियाले भारत नेपालको ऊर्जा उत्पादनमा सकारात्मक हुँदै गएको देखिएको छ । ऊर्जा अभाव झेलिरहेको भारतले जलविद्युत् लगानीका लागि अहिले जसरी सकारात्मक संकेत देखाएको छ  त्यो विगतमा त्यति देखिएको थिएन । अहिले भारतले देखाएको व्यवहारले नेपाल–भारत सम्बन्धमा सुधार आएको अनुभूति गरिएको छ । नेपालको बिजुली बंगलादेशलाई बेच्न आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिन पनि भारत सकारात्मक देखिएको छ । भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) बीच ऊर्जा सहकार्यका लागि नेपाल र भारतबीच सहमति समेत भएको छ । ऊर्जाक्षेत्रमा सहकार्य सम्बन्धी ६ बुँदे संयुक्त दृष्टिकोणले पीपीएमा पनि सहयोग पुग्ने देखिएको छ । जलविद्युत् क्षेत्रमा भारतीय लगानी भिœयाउन यो भ्रमणले सहयोग गर्ने देखिन्छ । ऊर्जा क्षेत्रको विकास र व्यापारका लागि यो भ्रमण उपलब्धिमूलक मान्न सकिन्छ । नेपालको जलविद्युत् विकास हुन नसक्नुको प्रमुख कारणमध्ये एक बिजुलीका लागि भारतीय बजार बन्द रहनु हो । भारत नेपालबाट विद्युत् आयात गर्न तथा नेपालमा लगानी गर्न अनिच्छुक देखिएको तर्क गर्नेहरू पनि छन् । तर, केही वर्षयता ऊर्जासँग सम्बद्ध विषयमा भारतले चासो दिन थालेको र नेपालले मागेअनुसार विद्युत् आपूर्तिका लागि बाटो खुला गरिदिएको छ । यस्तोमा भारततर्फ बिजुली निकासीको सम्भावना पनि बढेको छ । नेपालले भारतसँग कालापानी लिपुलेक लगायतका सीमा विवाद समाधान गर्न पनि आवाज उठायो । यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही जवाफ नदिए पनि भारतीय विदेश मन्त्रालयले विवाद समाधानमा भारत सकारात्मक रहेको सन्देश दिएको छ । भारतीय विदेश सचिवले ‘बंगलादेश मोडेल’ अपनाउन सक्ने संकेत गरेका छन् । भारत–बंगलादेशको सीमा विवाद भारतलाई पायक पर्ने भूमि भारतलाई र बंगलादेशलाई पायक पर्ने भूमि बंगलादेशलाई दिएर समाधान गरिएको थियो । नेपाल–भारत सम्बन्ध सदियौं पुरानो र विशिष्ट भएर पनि विवादरहित भने छैन । यो भ्रमणले समस्या समाधानका लागि ढोका खोल्ने सम्भावना देखिन्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा ठोस उपलब्धि नभए पनि सम्बन्ध सुधार र विस्तारका लागि यसले निकै ठूलो सहयोग गर्ने देखिएको छ । भारतले नोटबन्दी गरेपछि नेपाल राष्ट्र बैंकमा भएको करोडांै भारू भारतलाई फिर्ता लिन नेपालले आग्रह गर्न सकेन तथा व्यापार सहजीकरण लगायत पक्षमा छलफल हुन सकेन । नेपालको भारतसँगको व्यापारघाटाको अन्तर प्रतिवर्ष बढ्दै गएको अवस्थामा यसलाई कम गर्न भारतले केही सुविधा दिनु उपयुक्त हुन्छ । यसलाई कम गर्न भारतले नेपालका वस्तु आयातमा छूट दिएको पाइँदैन । त्यस्तो छूटका लागि सरकारले भारतसँग आवाज उठाउन आवश्यक हुन्छ । त्यस्तै भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अवस्थामा पुगिसकेको छ । यसका लागि एयर रूट आवश्यक हुन्छ । उक्त रूट उपलब्ध गराइदिन नेपालले आग्रह गरे पनि भारत तयार भएन । अघिल्ला वार्ताहरूमा भारतीय प्रतिनिधिमण्डलले सुरक्षा निकायसँग छलफल गरेर स्वीकृति दिन सक्ने प्रतिक्रिया दिएको थियो । समग्रमा यो भ्रमणले केही नयाँ आशा सञ्चार गरेको छ । अहिले भएका सम्झौता तथा वार्तामा भएका समझदारीहरूलाई इमानदार भएर नेपाल भारत दुवैले कार्यान्वयन गरे यस क्षेत्रको समृद्धिका लागि ठूलै मद्दत पुग्ने देखिन्छ । र, अहिले आइसब्रेक भएको भनिएका सहमति कार्यान्वयन हुन सके यसले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनेछ ।

सम्बन्धित सामग्री

प्रेम सम्बन्धमा छिन् नन्दिता केसी ?

अभिनेत्री नन्दिता केसीले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन्। आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी हुन्।...

प्रेम सम्बन्धमा छिन् नन्दिता केसी ?

अभिनेत्री नन्दिता केसीले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन्। आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी हुन्।...

खण्डन सम्प्रेषण सम्बन्धमा

राजधानीडेली डटकमबाट मिति २०८० साउन २० गते मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि हटाउने तयारी’ शीर्षकमा समाचारका सम्बन्धमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले असहमति जनाएका छन् । राजधानीडेली डटकम अनलाइन मिडिया तथा अफिसियल फेसबुक पेजमार्फत् सम्प्रषित समाचारप्रति ठाकुरले प्रेस काउन्सिलमा उजुरी गरी आपत्ति जनाएका हुन । The post खण्डन सम्प्रेषण सम्बन्धमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

काठमाडौँ,१३ भदौ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो । अन्तरक्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई […]

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।...

अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार असंवेदनशील

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्यो। अघिल्लो सरकार अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा गम्भीर नभएको आरोपबीच गठन भएको वर्तमान सरकार पनि छिमेकीसहित मित्रराष्ट्रसँगको सम्बन्धमा मात्र होइन, विदेश नीतिमा समेत गम्भीर बन्...

मस्यौदा विधेयक सम्बन्धमा छलफल

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको छ ।बुधबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा बसेको बैठकले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको हो । बैठकमा मन्त्री बडूले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक अतिआवश्यक रहेको […]

नागरिकताका सम्बन्धमा कानून मन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकताका सम्बन्धमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरी सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । सो अवसरमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुंग्याएर …

प्रेमले बनाएको सम्बन्धमा

प्रेमले बनाएको हाम्रो सम्बन्धमा तिमीले हात नै दिनुपर्छ भन्ने छैन माया गरे पुग्छ यहाँ  ज्यान नै हाजिर हुनुपर्छ भन्ने छैन।

राजदूतहरुबीच कोरोना नियन्त्रणका सम्बन्धमा सामूहिक छलफल

काठमाडौं। नेपाली दूतावास मस्कटको संयोजनमा खाडी राष्ट्र तथा पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूका लागि नेपाली राजदूत तथा उप–नियोग प्रमुखहरुबीच कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा छलफल (वेबीनार) भएको छ। कोरोना भाइरसको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन्।