खण्डन सम्प्रेषण सम्बन्धमा

राजधानीडेली डटकमबाट मिति २०८० साउन २० गते मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि हटाउने तयारी’ शीर्षकमा समाचारका सम्बन्धमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले असहमति जनाएका छन् । राजधानीडेली डटकम अनलाइन मिडिया तथा अफिसियल फेसबुक पेजमार्फत् सम्प्रषित समाचारप्रति ठाकुरले प्रेस काउन्सिलमा उजुरी गरी आपत्ति जनाएका हुन । The post खण्डन सम्प्रेषण सम्बन्धमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नियुक्तिबारे प्रश्न नउठाउन 'डीजी साप'को उर्दी, समाचारको गोलमटोल खण्डन

विवादित नियुक्ति र त्यसपछिको विवादित निर्णयबारे बिजपाटीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबारे निरन्तर समाचार प्रकाशित गरेपछि आइतवार उनले ३ बुँदे खण्डन पठाएका छन् ।विभिन्न मितिमा प्रकाशित भएका समाचारको शीर्षकसहित उनले ती समाचारहरुप्रति टिप्पणी गर्दै पठाएको खण्डनको पहिलो बुँदामै अधिकारीले आफ्नो नियुक्तिको वैधतामाथि प्रश्न नउठाउन भनेका छन् । तर, १२औँ तहका प्रशासनिक दक्षता भएका आधा दर्जन कर्मचारीलाई पन्छाएर ११औँ तहका जुनियर प्राविधिक कर्मचारी रहेका प्रदीप अधिकारीलाई बिना कुनै स्वार्थ नियुक्त गरिएको होइन भन्ने विषय घाम जत्तिकै छर्लङ्ग छ । तर उनले खण्डनमा भनेका छन्, ‘नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ को दफा १९ मा भएको व्यवस्था बमोजिम प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदमा नेपाल सरकारको मिति २०७८/१०/१७ को निर्णय कानुन बमोजिम नै रहेकाले मलाई महानिर्देशक पदमा नियुक्त गरिएको विषयलाई लिई प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन ।’यति मात्रै नभई, प्रदीप अधिकारीले महानिर्देशक बन्नका लागि निवर्तमान नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई कोटेश्वरस्थित आलेकै घरमा गएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई यति करोड र तपाईलाई यति करोड दिन्छु, बालुवाटार र खुमलटार म आफैँ मिलाउँछु भनेर डील गरेका थिए । (कति करोड भन्ने तथ्य विषय बिजपाटीसँग सुरक्षित छ)१२ असार २०७६ मा प्राधिकरणको महानिर्देशक बनेका राजन पोखरेलले आफू अवकाश हुने अघिल्लो दिन राजकुमार क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि नै प्रदीप अधिकारी चिढिएका थिए । त्यतिबेला वरिष्ठताका आधारमा क्षेत्रीलाई नै महानिर्देशक बनाइएको थियो । क्षेत्रीले पनि महानिर्देशक भएको ३ महिनामै अवकाश पाए । यद्यपी, महानिर्देशक पदमा नियुक्त भइसकेपछि उमेरहद लागू नहुने र आफ्नो नियुक्ति ४ वर्षकै लागि हो भन्ने दाबी गर्दै क्षेत्रीले दायर गरेको रिट अदालतमा अझै विचाराधीन छ ।तर, क्षेत्रीलाई निमित्त महानिर्देशकबाट महानिर्देशक बनाइएपछि मन्त्री आलेसँग प्रदीप अधिकारी आलेकै घरमा पुगेर ‘रिसाएका’ थिए । यसबाट पनि अधिकारीको नियुक्ति स्वार्थ प्रेरित नै छैन भन्न सकिने अवस्था छैन ।त्यसैगरी, उनले खण्डनको बुँदा नम्बर २ मा ‘सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा तोकिएको प्रावधानलाई पालना गरी प्राधिकरणबाट भएका बोलपत्रसँग सम्बन्धित विषयहरुमा प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेका छन् ।तर, उनी ३ वटै ठूला आयोजनाको एकैपटक आयोजना प्रमुख बनेको विषय लेखेका छैनन् । ‘बोलपत्र आह्वान नभई पोखरा, भैरहवा जस्ता ठूला आयोजनाको काम भएको हो’ भनेर बिजपाटीले दाबी गरेको पनि छैन । तर, बिजपाटीले एउटै व्यक्ति एकै पटक भैरहवा, पोखरा र प्रस्तावित निजगढको समेत आयोजना प्रमुख बनेको विषयमा त्यो गलत भएको थियो भन्ने दाबी गरेको हो । यसमा पनि उनले गोलमटोल खण्डन गरेका छन् । यति मात्रै नभई, उनी ३ वटै ठूला विमानस्थल परियोजनाको आयोजना प्रमुख भएकै बेला प्राधिकरणको सिभिल चीफ पनि बने । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा क्यानका तत्कालीन सिभिल चीफ ध्रुवदास भोछिभयाको पनि मृत्यु भएपछि अधिकारीलाई सिभिल चीफ बन्ने बाटो खुला भयो । बिजपाटीले एकैपटक ठूला मालदार आयोजनाको आयोजना प्रमुख बनेको र सोही समयमा सिभिल चीफ बनेर अकुत सम्पत्ति कमाएर त्यहीँ मध्ये केही रकम खर्च गरेर महानिर्देशक बनेको प्रमाणसहित समाचार प्रकाशित गरेको छ । तर, अधिकारीले यसको खण्डन गर्न सकेनन् । अर्थात्, कर्मकाण्डी खण्डन पठाएर पन्छिन खोजेका छन् ।त्यस्तै, उनले प्रेस काउन्सिललाई समेत बोधार्थ पठाएको खण्डनको तेस्रो बुँदामा ‘जग्गा प्राप्ती ऐन २०३४ को प्रक्रिया पूरा गरी प्राधिकरणका लागि अधिग्रहण गरेका जग्गाहरुका सम्बन्धमा प्रकाशित भ्रामक समाचारमा कुनै सत्यता छैन’ भनेर दाबी गरेका छन् ।तर, मुआब्जा वितरणमा अधिकारीले अनियमितता गरेको विषयमा विभिन्न निकायमा उजुरीका चाङ छन् । उजुरीका विषयमा भने उनले खण्डनमा कुनै कुरा उल्लेख गरेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धान विभागमा सम्म उनीविरुद्द उजुरी छन् । यी निकायले समय क्रममा उनले के कति अनियमितता गरेका थिए भन्ने तथ्य सार्वजनिक गर्लान् नै । तर आर्थिक प्रभावका आधारमा कतिपय उजुरीहरूमाथि छानबिन नगर्न अधिकारीले दबाब दिइरहेको विभिन्न स्रोतहरूले दाबी गरेका छन् । अर्कोतर्फ, जग्गा प्राप्ती ऐन २०३४ मा जग्गाको मुआब्जा निर्धारण गर्दा धेरै जमिन पर्ने र थोरै जमिन पर्नेको फरक फरक दर निर्धारण गर्न सक्ने प्रावधानविपरित उनले जग्गा कारोबारीसँग मिलेर अनावश्यक ठाउँको समेत मुआब्जा दिलाउन भूमिका खेलेका थिए भन्ने दाबी अख्तियारमा परेको उजुरीमा गरिएको छ । (उनीविरुद्ध अख्तियार लगायत अन्य निकायमा परेको उजुरीको प्रमाणित प्रतिलिपी बिजपाटीसँग सुरक्षित छ ।)सँगै, जग्गा प्राप्ती ऐनमा ‘प्राप्त गरिएको जग्गा जुन कामको लागि प्राप्त गरिएको हो, सो कामको लागि आवश्यक नपरी वा प्रयोग गरेर बढी हुन आएको जग्गा दफा ३३ बमोजिम नेपाल सरकार वा नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थाले अन्य काममा प्रयोग नगरेमा त्यस्तो आवश्यक नपरेको वा बढी भएको जग्गा साबिक जग्गावालालाई फिर्ता गरिदिनु पर्नेछ’ भनिएको छ ।तर, पोखरा विमानस्थलका लागि अधिग्रहण गरिएको कतिपय जग्गा प्रयोगविहिन अवस्थामा समेत छ । यसबारे भने उनको खण्डनमा केही उल्लेख गरिएको छैन । यसअघिः‘डीजी साप’को गोप्य निर्णयः ४० प्रतिशत कमिशन पाउने गरी ‘रिट्ठेपानी डाँडो’ काट्न टेण्डरै नगरी ठेक्काजताततै भ्रष्टाचारको उजुरी : सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, ‘क्यान हाँक्न आएको हुँ’‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियोगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा करोडौँ ‘घोटला’, दलालसँग मिलेर राज्य कोषको दोहन‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१

‘तनावले ढलेका कर्मचारीलाई यातना दिएको हौवा फिजाइयो’

काठमाडौं :  नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको जनाएको छ।निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित

वायुसेवा निगमको स्पष्टोक्ति

काठमाडौँ,२० वैशाख । नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पु¥याइएको जनाएको छ । निगमका […]

युद्धमा १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी

रूसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३ हजार ५ सयभन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मंगलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा युक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भनेजति सङ्ख्यामा युक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ । युक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रमम

रुस-युक्रेन युद्ध : रूसी सेनाको क्षतिबारे यूक्रेनको यस्तो दावी

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले भनेजति […]

चिनियाँ आर्थिक प्रणाली ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन

चिनियाँ आर्थिक प्रणाली ‘गैर-बजार’ रहेको अमेरिकी आरोपबारे चीनले खण्डन गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले आरोप आधारहीन र तर्कसङ्गत नरहेको टिप्पणी गरेको हो । अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा अमेरिकाले चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दाबी छ ।  मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले गरेका दाबीलाई खण्डन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रतिवेदनमा अमेरिकाले चीनको गैर–बजार नीति र अभ्यास...

मलाइकासँग ‘ब्रेकअप’को खबरलाई अर्जुनले गरे खण्डन

२९ पुस, काठमाडौं । बलिउड आइटम गर्ल मलाइका अरोरा र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्ध कुनै नौलो रहेन । अर्जुनसँग प्रेममा रहेपछि मलाइकाले श्रीमान् अरबाज खानसँग डिभोर्स गरेकी थिइन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ । यी दुईको ब्रेकअपको खबरले भारतीय सञ्चारमाध्यममा पनि राम्रै स्थान पाइरहेको […]