रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माण प्रक्रिया सुरु भएको छ ।
यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण प्रक्रिया सुरु गरिएको हो । हाल रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ । टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा हालसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आजदेखि प्राविधिकले स्टिमेटको काम सुरु गर्ने छन् ।
‘हामीले सम्बन्धित कार्यालयसँग समन्वय गरेर आजबाट काम अघि बढाउँदै...