हेलम्बुकाे चनौटेमा बेलिब्रिज निर्माण सुरु

बाढीले क्षति पुर्‍याएकाे हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ ।

सम्बन्धित सामग्री

भेरी कोरिडोरको बेलिब्रिज निर्माण तीन वर्षदेखि अलपत्र

निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु

काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।  बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ । मेलम्चीपारिको वडा नम्बर ९ ...

बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ ।

सात वर्षसम्म पुल नबनेपछि त्रिसुलीमा बेलिब्रिज निर्माण हुँदै

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको साढे सात वर्षसम्म त्रिसुली नदीमा मोटरेबल पुल नबनाएपछि अहिले बेलिब्रिज निर्माण सुरु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी अहिले ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा...

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलो खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।  संयुक्त ऊर्जा प्रालिले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथि ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने, “एक हप्ताभित्र बा

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने , “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

हेलम्बुकाे चनौटेमा बेलिब्रिज निर्माण सुरु

बाढीले क्षति पुर्‍याएकाे हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ ।

हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज निर्माण कार्य सुरु भएको हो।

कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु

वर्षौंदेखि सडक सुविधाबाट वञ्चित रहँदै आएको बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा ‘बेलिब्रिज’ निर्माण थालिएको छ। पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो। पक्की पुल नहुँदा बगरफाँटवासीले सास्ती भोग्दै आएका छन्। बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ।

लार्चामा बेलिब्रिज निर्माण सुरु - Karobar National Economic Daily

सिन्धुपाल्चोकः दुगुना पहाड झरेर अरनिको राजमार्गअन्तर्गत फुल्पिङकट्टीको पक्की पुल भाँच्चिएको दुई सातापछि बेलिब्रिज निर्माण सुरु गरिएको छ । तुइनको जोखिम मोलेर आवतजावत गरिरहेका स्थानीयलाई फलामे साँघु राखिएसँगै बेलिब्रिजको निर्माणसमेत सुरु…