काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज मङ्गलवार आयोजित एक कार्यक्रममा मलेसियाको विस्ट्रन टेक्नोलोजी र नेपालमा रहेकाे मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा विस्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार यस कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत न...