निर्माण सुरु भएको २८ वर्षमा पनि सगरमाथा लोकमार्ग अपूरै छ । २०५१ सालमा सुरु १ सय १ किलोमिटर लामो गाईघाट–महुरे सडक अझसम्म पूरा हुन सकेको छैन । अहिलेसम्म ३५ किलोमिटर मात्रै कालोपत्र भएको छ । १ सय ३१ किलोमिटरमध्ये महुरे–दिक्तेलसम्मको सडक भने मध्यपहाडी लोकमार्गमा गाभिएको छ ।