राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ । यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन । विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ । काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले रु एक करोड जम्मा गरेको थियो । उक्त रकममा प्राधिक