काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले आउँदो चैतसम्ममा मेलम्चीको पानी काठमाण्डौ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ । आज आइतवार मन्त्रलयमा पत्रकार सम्मेलन गरी
उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले त्यहाँ १२ वटा एक्स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाइ अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्या...