काठमाडौंमा पानी ल्याउन खानेपानी मन्त्री मेलम्चीमा

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्।बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्।...

सम्बन्धित सामग्री

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : मन्त्री चौधरी

काठमाडौँ,३ पुष । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हेडवक्र्स नबन्दासम्म अस्थायी संरचनाबाटै पानी वितरण […]

‘मेलम्ची आयाेजनाकाे सुरुङ जाेगाउन वर्षायामसम्म पानी ल्याउन बन्द गरिएकाे हाे’

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बाैँ रुपैयाँकाे लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाण्डाै उपत्यका ल्याउन बन्द गर्नुपरेको बताउनुभएको छ ।  प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा आयोजनाको पानी काठमाण्डाै ल्या...

मेलम्चीको विकल्पमा ३ खोलाको पानी ल्याउन अध्ययन भइरहेको छ : खानेपानी मन्त्री

३१ जेठ, काठमाडौं । सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताएका हुन् । […]

ओलीलाई मन्त्री चौधरीको सुझाव : विदेशको पानी छाडेर मेलम्चीको पिउनुस्

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्चीको पार्टी एकपटक पिउन आग्रह गरेका छन्। मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा बोल्दै उनले भने, ‘केही महिनाअघि मात्र वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आएपनि मेलम्चीको टनेलबाट ब

मेलम्चीको पानी वितरणको तयारी गर्न खानेपानी मन्त्री चौधरीको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि मंगलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिए । ‘नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौंतर्फ पथान्तरण गरियो’ उनले भने, ‘घरघरमा धारामा पानी झरेपछि मात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस् ।’       संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न पनि मन्त्री चौधरीले निर्देशन दिए । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनर्निर्माण गरिने बताए । काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिएको उनले बताए । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमवार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो । मेलम्ची आयोजनाले अहिले अस्थायी रूपमा पानी ल्याउन लागेको हो । रासस

मेलम्चीकाे पानी ल्याउन दिन–रात नभनी काम भइरहेकाे छ : मन्त्री चाैधरी

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले आउँदो चैतसम्ममा मेलम्चीको पानी काठमाण्डौ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ । आज आइतवार मन्त्रलयमा पत्रकार सम्मेलन गरी उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले त्यहाँ १२ वटा एक्स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाइ अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्या...

निर्धारित समयमै मेलम्ची आउने दाबी

खानेपानी मन्त्री बिना मगरले निर्धारित समयमा नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन दाबी गरेकी छिन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने क्रममा मगरले निर्धारित समयमा नै पानी ल्याउने बताएकी हुन् । केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएसँगै कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन् ।