मेलम्चीको पानी वितरणको तयारी गर्न खानेपानी मन्त्री चौधरीको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि मंगलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिए । ‘नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौंतर्फ पथान्तरण गरियो’ उनले भने, ‘घरघरमा धारामा पानी झरेपछि मात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस् ।’       संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न पनि मन्त्री चौधरीले निर्देशन दिए । मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनर्निर्माण गरिने बताए । काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिएको उनले बताए । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमवार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो । मेलम्ची आयोजनाले अहिले अस्थायी रूपमा पानी ल्याउन लागेको हो । रासस

सम्बन्धित सामग्री

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यक

मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछ : खानेपानी मन्त्री

ललितपुर : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरका धारामा आउने बताएका छन्।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सवको अवसरमा आज बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले भने 'मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणको विशेष पहल गर्नु पर्छ र पानी वितरणकाे काम बैशाख ११ गतेबाट घरघरमा पुग्नेगरी गर्नुपर्छ।’सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौ पुर्‍याउँछौँः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन्।...

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउछौं : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार...

मेलम्चीको पानी चैत मसान्तमै राजधानीमा

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताउनुभएको छ । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उहाँले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताउनुभयो । …

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा […]

चैतमै मेलम्चीको पानी वितरण हुने

खानेपानी मन्त्री उमाकान्त चौधरीले  निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची  खानेपानी  आयोजनाको  पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै  वर्षको चैत मसान्तभित्र  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने  प्रतिबद्धता गरिसकेको छ ।नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।