काठमाडौं । चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आफूहरू लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरूले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिले...