काठमाडौं । फ्रान्कलिन टेलाको ‘लेट इकोलाइजर’सँगै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक लिगमा संकटा क्लबविरुद्धको हारबाट जोगिएको छ । निर्धारित ९० मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको मनाङका लागि इन्ज्युरी समयमा टेलाले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका हुन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको ‘भली’ सोझै गोलमा परिणत भएको थियो । सुरुआती तीन खेलमा […]