मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५ वटा पक्की पुल निर्माणको कार्य भईरहे पनि कहिलेसम्म काम सम्पन्न हुन्छ भन्ने टुंगो छैन । सडक आयोजनाका इन्जिनियर दीपिका घोरासैनीले प्याकेज १ र प्याकेज २ […]

सम्बन्धित सामग्री

खनेर छाडेको खाल्डोमा खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।...

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे। यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको...

मुग्लिन–नारायणगढ सडक निर्माण कछुवा गतिमा, दुई पुल निर्माणको म्याद थप्ने तयारी

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्गमा पर्ने मुग्लिन–नारायणगढ सडकमा दुईवटा पुल निर्माणको ठेक्काको म्याद फेरि थप्ने तयारी गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार मुग्लिननजिकको खहरे खोला पुलको बल्ल जग निर्माण...

एक दशकदेखि पुल अधुरै

दमौली, १६ साउन । एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत […]

आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी नरोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज (शनिबार) र भोलि आइतबार सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो। माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको […]

आज र भोलि मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी नरोकिने

काठमाण्डाै - मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएको छ । पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । ...

कमजोर भू–बनोट र विकास निर्माणले निरन्तर पहिरो

काठमाडौं, जेठ २९ । कमजोर भू–बनोट र विकास निर्माणका लागि पहाड भत्काउँदा पहिरो जाने समस्या हुने गरेको पाइएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडकखण्डमा केही दिनयता दैनिकजसो ठूलो पहिरो आएर राजमार्ग बन्द हुने कारण यहाँको कमजोर भू–बनोट रहेको विज्ञहरूले बताएका छन् । “मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सीखोलाको पुल निर्माणका लागि पहाडफोड्ने काम भएको थियो । पहाड भत्काउँदा […]

मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

पूर्वी चितवनमा बाढिले पुल बगायो, मुग्लिन नारायणगढ सडक अझै खुलेन

लगातारको वर्षाको कारण पूर्वी चितवनको लदरी खोलाको पुल बाढीले बगाएको छ ।  लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिकामा पर्ने पक्की पुल भाँचिएर बगाएकाे हो । पुल भाँचिएपछि सवारी आवागमन पूर्णरुपमा...

नारायणगढ–मुग्लिन सडकमा पुल चौडा गरिने

पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ ।  झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजन...