मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे। यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको...

सम्बन्धित सामग्री

अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सुचारु

काठमाडौँ । खहरे खोलामाथिबाट आएको लेदोले कहिबेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अवरुद्ध बनाएपछि एकतर्फी सवारी मात्र सञ्चालन गरिएको थियो । करिब २० मिनेटमा लेदो पन्छाइसकेपछि दुईतर्फी बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।

लेदाेले अबरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फि सूचारु

खहरे खोलामाथिबाट आएको लेदोले केहिबेर अबरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फि संचालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अबरुद्ध बनाएपछि एकतर्फि...

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

चितवन। पहिराले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ।

अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा [अपडेट]

पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।