मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे। यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको...

मुग्लिन–नारायणगढ सडक विस्तारपछि सुरू भएको पहिरोको सास्ती

५ भदौ, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा सोमबार यात्रुले १८ घण्टा राजमार्गमै बिताउनुपर्‍यो । सडक डिभिजन भरतपुरका अनुसार सोमबार राति ८ बजे नाम्सी पुलनजिक (मुग्लिनतर्फ) आएको पहिरो रातभरको प्रयासपछि मंगलबार बिहान १२ः५५ बजे मात्र हटाउन सकियो । र, राजमार्ग सञ्चालनमा आयो । दैनिक १० हजारभन्दा बढी ठूला सवारी साधनले यात्रा गर्ने यो सडक खण्ड केही […]

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं, साउन २० । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो। चितवन प्रहरीका अनुसार राती गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि […]

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिर

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प, केराबारीमा ठूलो पहिरो

काठमाण्डाै - मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् । पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टा...

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

काठमाडौँ । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ […]

पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा

काठमाडौँ । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो। दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडक […]

अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सुचारु

काठमाडौँ । खहरे खोलामाथिबाट आएको लेदोले कहिबेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अवरुद्ध बनाएपछि एकतर्फी सवारी मात्र सञ्चालन गरिएको थियो । करिब २० मिनेटमा लेदो पन्छाइसकेपछि दुईतर्फी बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।

ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौँ । ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । मुग्लिन-नारायणगढ सडकखण्डस्थित पन्ध्र किलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो । यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय […]

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडकखण्डको काली खोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरो सफा गरेर सवारी सुचारु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।