ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।उनले भने, “पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो ।”उक्त प

सम्बन्धित सामग्री

सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा १७ जनाको अन्तरिम आदेश खारेज

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा १७ जनाले पाएको अन्तरिम आदेश खारेज गरेको छ । यस प्रकरणमा पक्राउ परेका चार जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरेको हो । यसअघि सर्वोच्चको अन्तरिम आदेश देखाउँदै पक्राउ परेकामध्ये सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि […]

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

काठमाडौंं, १२ असार।ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ। उनी धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली,हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो।

ललिता निवास प्रकरणमा ग्रान्डडिजाइन, संलग्नमाथि कहाँबाट बार्गेनिङ्ग ?

काठमाडौं, २९ पौष । रात रहे अग्राख पलाउँछ । ललिता निवास जग्गा प्रकरणमा यस्तै भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ठूलै हल्ला मच्चाएपनि यो घटनालाई राजनीतिक तथा आर्थिक बार्गेनिङको विषय बनाइएको खुल्दै गएको छ । २०७६ सालमै सीआइबीले अनुसन्धान गरी ३०० भन्दा बढीमाथि जोहेरी तयार गरिसकेको घटनामा पुनः अनुसन्धान गर्ने भन्दै सीआइबीलाई अगाडि […]

ललिता निवास प्रकरणमा नेतालाई उन्मुक्ति दिइदै, पूर्व सचिवहरु बलीको बोका बनाइदै

काठमाडौं, २२ पौष । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धानले शंका जन्माएको छ । सीआइबीको अनुसन्धान यो प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिनका लागि भएको खुल्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा विभिन्न निर्णय हुँदा प्रधानमन्त्री भएकाहरुलाई भ्रष्टाचारको मुद्दा नचलाएपछि सर्वोच्च अदालतमा बालकृष्ण न्यौपानेले त्यसविरुद्ध मुद्दा दायर गरेपछि […]

ललिता निवास प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी, पूर्वकर्मचारी को को ?

काठमाडौं, १६ पौष । सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पक्राऊ पूर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा नाममा ल्याएकाहरु […]

ललिता निवास प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विषेश अदालतको आदेश

काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ। लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए। अदालतले बयानपछि थुनछ‍ेक आदेश गर्दै गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको हो। गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा […]