नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वैकल्पिक सरकार बनाउने प्रयास गरेपनि अहिलेसम्म बहुमत पुग्न नसकेको बताएका छन् ।
उनले आफूहरूको पक्षमा बहुमत नपुगी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने स्पष्ट गरे ।
आफ्नै निवास बुढानीलकण्ठमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जसपाले निर्णय नगर्दा आफ्नो पक्षमा बहुमत पुग्न नसकेको बताए ।
‘मेरो पार्टीले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउन प्रयास गर्ने भनेर निर्णय गरिसकेको छ । चाहेर मात्र हुन्छ र ? प्रधानमन्त्री बन्न संख्...