साउन २८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।
बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि लिलामीमार्फत विक्रीमा ल्याएको हो ।
नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२१, आरएमडिसी लघुवित्तको रू. ४७३ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
यी तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको आवेदन दिन सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तीन ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।