असार १०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।
कम्पनीले नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७० कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर लिलामी हुने छ ।
नेशनल माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरी महुली लघुवित्तको शेयर न्यूनतम मूल्य रू. ७८६, आरएमडिसीको रू. ४७७ र मेरो माइक्रोफाइनान्सको रू. ५७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले बोलपत्र पेश गर्दा महुली लघुवित्तको न्यूनतम ५०० कित्ता लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम शेयर संख्याको लागि हद नलाग्ने कम्पनीले बताएको छ ।
त्यसैगरी मेरो माइक्रोफाइनान्स,महुली लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ ।
अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । ती चार ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।