३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिवार एक कार्यक्रमका वीच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

सम्बन्धित सामग्री

पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे

सुदूरपश्चिम प्रदेश गठन भएको पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले पाँच वर्षमा ४१०.२ किलोमिटर कालोपत्रे सम्पन्न गरी हस्तान्तरण भएको जनाएको छ । निर्देशनालयका निर्देशक जगतप्रकाश जोशीले पाँच वर्षको अवधिमा ७६९ किलोमिटर सडक ग्राभेल गरिएको बताएका छन् । उनले एक हजार ३२२ किलोमिटर माटे सडक निर्माण गरिएको […]

बेलायतद्वारा ६७ किलोमिटर सडक हस्तान्तरण

सुर्खेत : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गापाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’&sbquo

चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ ।उक्त सडकअन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभागअन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । सडकसम्बन्धी […]

नेपाली सेनाले हस्तान्तरण गर्‍यो तिब्बत जोड्ने १८ किलोमिटर सडक

नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको १८ किलोमिटर ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई हस्तान्तरण गरेको छ। धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्ता...

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

सडक विस्तारमा सेनाः एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

काठमाडौं, बैशाख १७ । नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत २०६ किलोमिटर सडक निर्माणको चरणमा रहेको सेनाले जनाएको छ। भौगोलिक विकटताका कारण सडक विस्तार हुन नसकेको तथा मौसमी प्रतिकुलता र कडा चट्टानयुक्त क्षेत्रको […]

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण सम्पन्न भएको मुगु र हुम्ला जोड्ने सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। मुगुको चंखेली देखि हुम्लाको देउलीसम्म निमार्ण सम्पन्न भएको ३० किलोमिटर लामो...

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

मुगु– हुम्ला लिंकरोड अन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको उक्त सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । […]

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

२०७१ चैत ९ गतेबाट काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।...