एमसिसी विरुद्धको प्रदर्शनमा एक जना आन्दाेलनकारी गम्भीर घाइते

काठमाडौं : एमसिसी विरुद्धको प्रदर्शनमा एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। बानेश्वरस्थित अल्फाबिटा गल्लीमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनको टाउकोमा चोट लागेको हो। चोट लागेपछि उनलाई प्रदर्शनकारीले नै मोटर साइकलमा हालेर अस्पताल लगेका थिए। एभरेष्ट अस्पतालमा उपचार हुन नसकेपछि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको प्रदर्शनमा आएका एक प्रत्यक्षदर्शीले थाहाखबरलाई जानकारी दिए। उनको पहिचान भने खुल्न सकेको छैन। केही दिनयता एमसिसी विरुद्धको आन्दोलन व्यापक रुपमा चलिरहेको छ। ब

सम्बन्धित सामग्री

राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।

राजेन्द्र महतो नेतृत्वको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौंमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन्।

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । ईंटा लागेर उनको टाउकोको हड्डी फुट

एमसीसी विरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार

मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विरुद्ध काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार भएको छ । एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका अवस्थीलाई प्रहरीले हानेको टियर ग्यास सेलले टाउकोमा लागेको थियो । तर, प्रहरीले आन्दोलनकारीले नै हानेको ढुंगाले लागेर उन

एमसीसीविरुद्धको प्रदर्शनमा एकजना गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । विजुलीबजार क्षेत्रमा २६ वर्षीय हेमराज अवस्थी घाइते भएका हुन । प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भाग्ने क्रममा लडेर घाइते भएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ ।

म्यानमारको सैन्य कारबाहीका ३० सर्वसाधारणको मृत्यु

काठमाडौं : म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ। घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ। बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन्। घटनामा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको जनाइएको छ।सर्वसाधारणको गाडीमाथि सैनिकले घातक

म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदायो

काठमाडौं : म्यानमारमा सैनिक शासकविरुद्ध जारी शान्तिपूर्ण प्रदर्शनमा हिंस्रक दमन भएको छ। आर्थिक राजधानी यङ्गुनमा ब्यानर तथा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाले ट्रक कुदाएको हो। सैनिक ट्रकको चपेटामा परेर थुप्रै प्रदर्शनकारी गम्भीर घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। साथै सेनाले प्रदर्शनकारीमाथि गोली पनि चलाएको छ। सरकारले भने प्रदर्शनमा ११ जनालाई नियन्त्रणमा लिइएको र १ जना गम्भीर घाइते भएको दाबी गरेको छ। सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदाएको विषय