काठमाडौं : म्यानमारमा सैनिक शासकविरुद्ध जारी शान्तिपूर्ण प्रदर्शनमा हिंस्रक दमन भएको छ। आर्थिक राजधानी यङ्गुनमा ब्यानर तथा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाले ट्रक कुदाएको हो। सैनिक ट्रकको चपेटामा परेर थुप्रै प्रदर्शनकारी गम्भीर घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। साथै सेनाले प्रदर्शनकारीमाथि गोली पनि चलाएको छ। सरकारले भने प्रदर्शनमा ११ जनालाई नियन्त्रणमा लिइएको र १ जना गम्भीर घाइते भएको दाबी गरेको छ। सेनाले प्रदर्शनकारीमाथि ट्रक कुदाएको विषय