एमसीसी विरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार

मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विरुद्ध काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्यमा सुधार भएको छ । एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएका अवस्थीको टाउकोको दुईवटा अपरेशन गरिएको अस्पतालले जनाएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका अवस्थीलाई प्रहरीले हानेको टियर ग्यास सेलले टाउकोमा लागेको थियो । तर, प्रहरीले आन्दोलनकारीले नै हानेको ढुंगाले लागेर उन

सम्बन्धित सामग्री

एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।