महामारीका कारण संसारभरि बढ्नेछ बेरोजगारी : आईएलओ

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ ।  रिपोर्टमा उल्लेख भएअनुसार, महामारीको असर सन् २०२२ मा पनि रहनेछ र २० करोड मानिस बेरोजगार हुने आशंका छ । अहिले नै १० करोड ८० लाख मानिस गरीब वा अत्यन्त गरीबको क्याटेगोरीमा आएका छन् ।  कुल १६४ पृष्ठ लामो 'विश्व रोजगार तथा सामाजिक परिदृश्य : प्रवृत्ति २०२१' नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको अस...

सम्बन्धित सामग्री

सीप तथा क्षमताको अभावका कारण लाखौँ युवाहरू बेरोजगारीसँग जुध्न बाध्य

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीका नयाँनयाँ अवसर सिर्जना भए पनि लाखौँ युवाहरू बेरोजगारी समस्यासँग जुध्न बाध्य रहेको तथ्य सार्वजनिक गरेको छ ।आईएलओले सोमबार सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको देखाएको छ । जुन दर सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको भन्दा...

सीप तथा क्षमताको अभावका कारण लाखौँ युवाहरू बेरोजगारीसँग जुध्न बाध्य

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीका नयाँनयाँ अवसर सिर्जना भए पनि लाखौँ युवाहरू बेरोजगारी समस्यासँग जुध्न बाध्य रहेको तथ्य सार्वजनिक गरेको छ ।आईएलओले सोमबार सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको देखाएको छ । जुन दर सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको भन्दा...

विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ

२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका …

सन् २०२४ मा बेरोजगारी अझ बढ्छ : आईएलओ

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

पाकिस्तानमा यो वर्ष बेरोजगारको संख्या ५६ लाख पुग्ने अनुमान

पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ। अन्त्रार्राष्ट्रिय समाचारहरूका अनुसार २०२१ यता १५ लाखले वृद्धि भएको  छ।पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।यसबाहेक महिला बेरोजगारी दर ११ दशमलव १ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। आईएलओ को प्रक्षेपण अनुसार, २०२३ मा पाकिस्तानको रोजगारी—जनसंख्या अनुपात ४७ दशमलव ६ पुग्ने संकेत

युवा पुस्ताको तनाव : विकसित देशका ६१ % युवाहरु लक्ष्य पूरा नहुने चिन्तामा

माघ २५, काठमाडौं । युवा पुस्तालाई जोशिलो अनि जाँगरिलो पुस्ताका रुपमा हेरिन्छ । यो पुस्ताले आँटेपछि गर्न नसक्ने केही छैन भन्ने सोच हामी सबैमा व्याप्त छ । सबैको आशा र सपनाको भारी बोक्ने पुस्ता भएकोले पनि यो पुस्तामा तनाव कहिल्यै घट्दैन ।  पछिल्लो समय काममा पनि युवा पुस्ताहरुमा तनाव र निराशा बढेको एक अध्ययनले देखाएको छ । अमेरिकी व्यवस्थापन परामर्शदाता कम्पनी बियन एन्ड कम्पनीले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणअनुसार युवा पुस्ता विशेषगरी जेनरेशन जेड (सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएकाहरु) र मिलेनियल (सन् १९८१ देखि सन् १९९६ बीच जन्मिएका) पुस्ताका कामदारहरु पैसासँग सम्बन्धित समस्या र आफ्नो करियर कसरी विकास हुन्छ भन्ने विषयमा धेरै चिन्तित पाइए ।   यस्तो प्रवृत्ति विकसित अर्थतन्त्रमा झनै धेरै पाइएको छ । सर्वेक्षणमा सहभागी ३५ वर्षभन्दा मुनिका करीब ६१ प्रतिशत उत्तरदाताहरु वित्त, रोजगारी सुरक्षा र आगामी १० वर्षमा आफ्नो करियरको लक्ष्य नै पूरा गर्न नसक्ने हो कि भनेर चिन्तित रहेको भेटिए । यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात ३५ वर्ष वा सोभन्दा बढी उमेरका समूहमा भने ४० प्रतिशत मात्रै छ ।   सबै युवा कामदारहरु आफ्नो भविष्यप्रति हताश छैनन् । उदीयमान अर्थतन्त्रमा फरक खालको अनुभव देखिएको छ । उदीयमान बजारमा आफ्नो जीवन अहिलेको पाँच वा १० वर्षपछि राम्रो हुनेछ भनेर आशा गर्नेको संख्या ८१ प्रतिशत रहेको छ । यो मामिला विकसित अर्थतन्त्र निकै पछाडि छ । त्यस्ता देशहरुमा भने भविष्यप्रति ६३ प्रतिशत मात्रै आशावादी पाइएको प्रतिवेदनले देखाएको छ ।  पछिल्लो समय विश्वभर आर्थिक वृद्धिदर सुस्ताइरहेको छ । आर्थिक असमानता बढेको छ । पश्चिमी देशहरुमा घर किन्ने सामथ्र्य घटिरहेको छ । केही यूरोपेली देशमा यूवा बेरोजगारी लाजै मर्दो स्तरमा उक्लिएको छ । स्पेनमा ३७ प्रतिशत युवा बेरोजगार छन्, इटलीमा यो दर २९ प्रतिशत छ भने फ्रान्समा १९ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । यी कारणहरुले गर्दा पनि वित्तीय स्थिरता हासिल गर्नु फलामे ढोका पार गर्नुभन्दा मुश्किल भइरहेको छ । उच्च कर्जा  पछिल्लो समय विकसित देशहरुमा युवा कामदारहरुले उनीहरुभन्दा पुराना पुस्ताका कामदारका तुलनामा कम कमाइरहेको बियनको अध्ययनले देखाएको छ । हरेक नयाँ पुस्तामा आफ्ना मातापिताले कमाएको भन्दा धेरै कमाउने, उनीहरुले बाँचेको भन्दा राम्रो जीवन बिताउने इच्छा हुन्छ । तर अमेरिकामै युवा पुस्ताहरुले यो लक्ष्य हासिल गर्ने सम्भावना दोस्रो विश्व युद्धयताका सबै पुस्तामध्ये सबैभन्दा तल देखिएको प्रतिवेदनले औंल्याएको छ । दक्ष सिप चाहिने पेशामा छिरेका र त्यस्तो खालको सिप नचाहिने पेशामा छिरेका युवा कामदारहरुमाझै आय अन्तर फराकिलो बन्दै गएको छ । प्रतिवेदनअनुसार कलेज तहको पढाई पूरा गरेका करीब ४० प्रतिशत विद्यार्थीहरु उच्च शिक्षा नै नचाहिने काममा जोडिन पुगेका छन् । कलेजको खर्च जोहो गर्ने सामथ्र्य भएकाहरु पनि कर्जाको कहिले नसकिने थुप्रोमाथि बस्नु पर्ने अवस्थामा छन् ।  उच्च शिक्षामा सीमित सरकारी वित्त प्राप्त हुने अमेरिकालगायत स्थानका विश्वविद्यालयहरुले नै विद्यार्थीमाथि थेग्नै नसक्ने कर्जाको भारी बोकाइरहेका छन् । ‘यसमाथि जनसांख्यकी परिवर्तन भएर वृद्ध जनसंख्या बढिरहेका देशमा वृद्ध जनसंख्याको हेरचाह गर्ने भार पनि युवापुस्तामाथि नै थपिएको छ । महामारीका कारण चुलिएको कर्जा घटाउने चुनौती पनि यही पुस्ता माथि छ’, प्रतिवेदनले भनेका छ ।  महामारीको प्रभाव  युवा कामदारहरुले भोगिरहेका यी सबै समस्या र तनाव अनौठो चाँहि होइनन् । कोरोना भाइरसको महामारीले विश्वको सारा अर्थतन्त्र प्रभावित बनाएको छ । यसले समग्रमा श्रम बजारमा पनि विविध प्रभाव पारेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वको रोजगारी आगामी वर्ष कोरोना भाइरसको महामारी पूर्वको स्तरमा फर्किने बताएको छ । आईएलओले हालै यस वर्ष श्रम बजारको पुनःबहालीसम्बन्धी प्रक्षेपण घटाएको छ । यस वर्ष विश्वको बेरोजगारी २० करोड ७० लाखमा पुग्ने अनुमान यसको छ । कोरोना भाइरसको महामारी शुरु हुनु अघि सन् २०१९ मा यो संख्या १८ करोड ६० लाख थियो ।  विश्वभर कार्यघन्टा अझै पनि महामारी पूर्वको स्तरभन्दा २ प्रतिशत तल छ । विकासशील देशहरुमा रोजगारी निरन्तर चपेटामा आइरहेको छ । पुनःबहालीमा सबैभन्दा कठिन समयको सामना गर्ने क्षेत्रमा दक्षिण पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरु भएको आईएलओमा वरिष्ठ अर्थशास्त्री सारा एल्डर बताउँछिन् ।  पुरुषको तुलनामा धेरै महिलाले जागिर गुमाउँदा श्रम बजारमा लैंगिक असमानता झनै खराब भएको छ । महामारीका कारण विद्यालय बन्द भएका छन् । छोराछोरीको पठनपाठन ठप्प भएर घरमै बस्नु परेको वा अनलाइन कक्षा नै सञ्चालन भएपनि उनीहरुको रेखदेख गर्न बस्नु पर्ने बाध्यता देखिएपछि पुरुषको तुलनामा महिलाको जागिरमा असर परेको छ । महिलालाई जागिर र घरायशी कामकाजबीच सन्तुलन राख्न सहज होस् भनेर काखे बच्चा र शिशुहरुको स्याहार समेतको ‘हेरचाह अर्थतन्त्र’ मा थप लगानी गर्न जरुरी भएको पनि एल्डरले औंल्याएकी छिन् ।   पछिल्लो सर्वेक्षण विश्वको कुल जीडीपीको ६५ प्रतिशत हिस्सा ओगट्ने अमेरिका, जर्मनी, फ्रान्स, इटली, जापान, चीन, भारत, ब्राजिल, इन्डोनेशिया र नाइजेरियामा गरिएको थियो । करीब २० हजार सहभागी र १००  भन्दा धेरैको अन्तर्वार्तामा आधारमा बियनले पछिल्लो प्रतिवेदन तयार पारेको हो ।  एजेन्सीको सहयोगमा

महामारीले एसिया-प्रशान्तमा ८ करोड १० लाख रोजगारी गुम्यो

रोम-यो वर्ष एसिया–प्रशान्त क्षेत्रमा झन्डै ८ करोड १० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । कोभिड–१९ को महामारीले क्षेत्रको श्रम बजारमा अस्थिरता सिर्जना गरेपछि रोजगारी गुमेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जनाएको छ ।यो क्षेत्रको बेरोजगारी दर २०२० मा ५.२ प्रतिशतदेखि ५.७ प्रतिशतकोबीचमा रहने छ । यो दर गत वर्षको ४.४ प्रतिशतको तुलनामा उच्च हो । […]