नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।  बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेला बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएक बेला राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो । रिभर्स रिपो भ...

सम्बन्धित सामग्री

नेपालीले तेस्रो मुलुकमा क्यूआर भुक्तानी गर्न सक्ने

२ फागुन काठमाडौं । नेपालीले क्यूआरमार्फत भारतबाहेकका तेस्रो मुलुकमा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खाता हुने नेपालीले विदेशमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्राको सटही […]

रू. २८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक, सोमवार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि चैत २० गते सोमबार रू. २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दै छ । राष्ट्र बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि रू. ४ अर्ब, ९१ दिनका लागि रू. ७ अर्ब ७५ करोड, १८२ दिनका लागि रू. ५ अर्ब ३० करोड र ३६४ दिनका लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी, पुरानो विनियमावली खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार (आज) जारी गरेको परिपत्र गर्दै विनियमावली जारी गरेको जनाएको हो । यससँगै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ खारेज भएको छ ।  ‘...नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन निर्णयानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख गरिएको छ ।

चालू पुँजी कर्जा विवादमा मध्यमार्गी बाटोमा नेपाल राष्ट्र बैंक

निजी क्षेत्रको चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंकले चार महिनापछि चालू कर्जा मार्गदर्शन संशोधन गरेको छ । गत ७ भदौमा राष्ट्र बैंकले चालू पुँजी कर्जाको दुरुपयोग रोक्न मार्गदर्शन जारी गरेपछि निजी क्षेत्रका...

३० अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक बिहीबार ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३० अर्ब रुपैयाँ प्रदान गर्न लागेको हो । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाहका लागि रिपो मार्फत रकम प्रवाह गर्ने र बजारमा अधिक तरलता हुँदा रिभर्स रिपो मार्फत पुनः पैसा उठाउने गर्छ । अहिलेको बजारको तरलता मागलाई सम्बोधन गर्न बैंकले छोटो समयका लागि रिपो मार्फत तरलता प्रवाह गर्न लागेको हो । बैंकले बिहीबार दिउँसो ३ बजे रिपो जारी गर्ने जनाएको छ ।

विदेश जानेलाई विमानस्थलमै २०० डलरसम्म सटही सुविधा

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी […]

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंक मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले चार वर्षका लागि विकास ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेभित्र ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको आजै दिउँसो ३ बजे बाँडफाँड गरिने बैंकले जनाएको छ । इच्छुक खरीदकर्ताले घटीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि

२० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

असोज २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।            बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले केन्द्रीय बैंकले १४ दिनको रिपो जारी गर्न लागेको बताएको छ ।            वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो बुधवार बोलकबोलमार्फत खरीद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते ३० अर्ब रुपैयाँ रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । रासस