बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका ९, गुरुवागाउँ नमुना टोलका इन्द्रबहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए। शनिबार बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जंगलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) नगेन्द्र शाहीले जानकारी […]
अतिथि देवो भवः। हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिँदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ ।
काठमाडौँ। अन्नपूर्ण बेसक्याम्पबाट फर्किने क्रममा एकजनाको मृत्यु भएको छ। भरतपुर १०, चितवनका ३४ वर्षीय सुरजमान श्रेष्ठको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता हरि बस्नेतले जानकारी दिए। उनी एक्लै ट्रेकिङ गएका थिए। बस्नेतका अनुसार श्रेष्ठको शव हेलिकोप्टरबाट उद्धार गरी गण्डकी प्रदेश अस्पतालमा पोस्टमार्टम भइरहेको छ। अन्नपूर्ण बेसक्याम्पबाट फर्किने क्रममा स्वास्थ्यमा समस्या भएको देखेपछि अन्य भरियाहरुले […]