हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि पुनः थप

जेठ १६, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि पुनः थप भएको छ ।  कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति तय गरेकोमा उक्त अवधिमा पनि माग बमोजिम आवेदन नपरेकोेले पुनः जेठ २३ गतेसम्म आवेदन दिने समयअवधि थप गरेको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।  प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।  आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ ।  यस अवधिसमम भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

सम्बन्धित सामग्री

हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन, सबैले सेयर पाउने

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका […]

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन २४ प्रतिशत आवेदन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २४.२२ प्रतिशत आवेदन परेको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा साँझ ५ बजेसम्म ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कुल ३ लाख ३७ हजार ९६४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् […]

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ३४ हजार २०६ जनाले आवेदन दिएका छन् । सोमबार साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएको सिडिएस जनाएको छ । यो माग भन्दा १.५२ गुणा बढी आवेदन हो । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका […]

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा वैदेशिक रोजगारी कोटाबाट हालसम्मकै उच्च आवेदन

१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेका आईपीओमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीमा अहिलेसम्मकै उच्च आवेदन परेको छ । वैदेशिक रोजगारीमा रहेकाहरुबाट यो कम्पनीमा ४५ लाख ८२ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । यसअघि खुलेका कुनै पनि आईपीओमा २० लाख कित्ताका लागि यति धेरै आवेदन परेको थिएन । […]

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा धेरै आवेदन

१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ । कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन परेको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २०६ […]

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । हिमालयन हाइड्रोपावरको आईपीओ १ लाख ८३ हजार ४५ जनाले १०/१० कित्ता र २ जनाले ११/११ कित्ताका दरले पाएका छन् । आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । कम्पनीले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्कासन खुला गरेको गरेको थियो […]

हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, असार १९ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर असार १५ गतेदेखि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको हो कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार […]

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको जनाएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो। कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यस्तै, […]

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।