आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

सम्बन्धित सामग्री

हिमालय रि-इन्स्योरेन्सलाई आईपीओ जारी गर्न उच्च अदालतले खोलिदियो बाटो

२६ मंसिर, काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यस मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । […]

हिमालयन रिको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग कारण मागेको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने अनुमतिपत्रका कारण आफूहरुसहित लगानीकर्तालाई नोक्सान भएको दावी गर्दै यामप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश डा. कुमार […]

हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । यसअघि कात्तिक २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने मिति तय गरिएकोमा तिहारको बिदालाई ध्यानमा राखी मङ्सिर ४ गतेदेखिको मिति तय गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर १८ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

वैदेशिक रोजगारीमा रहेकालाई २१ कात्तिकदेखि हिमालयन रि–इन्स्योरेन्सको आईपीओ

३ कात्तिक, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले २१ कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुने ३ […]

हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन  गर्न अनुमति दिएको छ ।  सेबोनले मंगलवार कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबोनले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति दिएको हो ।   अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ विक्रीबाट संकलन गर्नेछ । विक्री प्रबन्धकमा एमएमबि क्यापिटल छ ।

हिमालयन रि–इन्स्योरेन्सले प्रिमियमा आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

३१ भदौ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले २६ भदौमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब बराबरको ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी […]

असार १७ बाट हिमालयन रि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् ।  सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्पmको शेयर लगानी (रू. ७ अर्ब) पनि जुटिसकेको छ ।  बालुवाटारमा कम्पनीको कार्र्यालय स्थापना भइसकेको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गरिसकिएको छ । कम्पनी सञ्चालनको अनुमतिका लागि बीमा समितिमा आवेदन दिइसकेको संस्थापक लगानीकर्तामध्येका एक सदस्य व्यवसायी पशुपति मुरारकाले बताए ।  ‘अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकेका छौं । कम्पनीका तर्फबाट गर्नुपर्ने प्रक्रिया पनि लगभग सबै सकिएको छ,’ उनले भने, ‘समग्रमा हामी जुलाई १ तारीखदेखि कम्पनीलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ अबको १ हप्ताभित्र नै बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाइने उनको विश्वास छ ।  बीमा समितिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि हिमालयन रिलाई अन्तिम स्वीकृति दिने तयारी भएको बताए । ‘सैद्धान्तिक स्वीकृत दिइसके पछि अन्तिम स्वीकृति दिन समस्या हँुदैन । कम्पनीबाट पूँजी जुटेको जानकारी पनि प्राप्त भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीलाई छिट्टै अन्तिम स्वीकृति दिनेछौं ।’ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विदेशी व्यक्ति ल्याउने गरी छलफल गरिएको छ । तर, निर्णय भने नभएको एक लगानीकर्ताले बताए । ‘पुनर्बीमा व्यवसाय गर्न हामी विदेशी बजारमा जानैपर्ने हुन्छ । त्यसैले हामीले विदेशबाट नै सीईओ नियुक्त गर्ने गरी छलफल गरेका छौं,’ उनले भने, ‘तर, कोरोनाका कारण त्यसमा केही चुनौती हुन सक्छ । यस विषयमा छिट्टै निर्णय हुनेछ ।’ निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाइने मुरारकाले बताए ।  कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । बीमा समितिले गठन गरेको अध्ययन समितिले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले निजीक्षेत्रको स्वामित्व हुने गरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका छन् । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।