हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

सम्बन्धित सामग्री

बाराही हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ। हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ। कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार […]

बरुण हाइड्रोको हकप्रद स्थगन, आवेदन दिने प्रक्रिया रोकियो

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले अर्को सूचना प्रकाशन नभएसम्मको लागि बरुण हाइड्रोको हकप्रद स्थगन गरिएको जनाएको हो ।सिडीएसका अनुसार  हकप्रदको लागि बिक्रि प्रबन्धक रहेको आरबिबि मर्चेन्ट बैंकले गलत डाटा अपलोड गरेका हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको हो। आरबिबि मर्चेन्टले सहि डाटा अपलोड गरेपछि आवेदन दिने प्रक्रिया पुन: सुरु हुने सिडीएसले जनाएको छ । हाल मेरोशेयरमा रहेको शेयर निष्काशन भईरहेको कम्पनीको सूचीबाट पनि बरुण हाइड्रोको हकप्रद हटाईएको छ ।सिडीएसको तथ्यांक अनुसार हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिनु अगाडीसम्म हकप्रदमा १३ सय ५ जनाले आवेदन दिएका छन् । तर बिक्रि प्रबन्धकले गलत डाटा अपलोड गरेको खुलेसँगै आवेदन दिने प्रक्रिया रोकिएकोले यी १३०५ जनाको आवेदन के हुने भन्ने बारे सिडीएसले केहि पनि खुलाएको छैन ।बरुण हाइड्रोले आज भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गर्न लागेको हो।

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो […]

अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट

अपर सोलु हाइड्रोको आईपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।आईपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ । अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।यस

राप्ती हाइड्रोको आइपीओमा पाँच लाखभन्दा बढीको आवेदन

काठमाडौँ – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार बिहीबार बिहान १०.३० बजेसम्ममा पाँच लाख सात हजार ६३७ जनाले ५८ लाख ५६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६९ गुणाबढी आवेदन हो। कम्पनीले […]

हाइड्रोको आईपीओमा ३ गुणा बढी आवेदन

काठमाडौं, (नेस) । अपर सोलु हाइड्रोको आईपीओमा ७१ करोड १ लाख ७१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १ सय ७ जनाले ७१ लाख १ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा […]

अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा […] The post अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

आवेदन थोरै परेपछि मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने म्याद थप

आवेदन खुलाउँदा पनि लगानीकर्ताबाट आवेदन नआएको भन्दै मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको आईपीओको समयसीमा थपेको छ ।

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ ला

न्यादी हाइड्रोको सेयरमा चार गुण आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा उत्साहजनक सहभागिता रहेको छ । भदौ १ देखि बिक्री सुरु भएको सेयरमा लक्ष्यभन्दा चार गुणा बढी सेयर खरिदका लागि आवेदन परेको हो ।सेयर आवेदनका लागि १५ गतेसम्मको समयसीमा तोकिएकोमा निर्धारित समयमा ६१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो । प्रभावित क्षेत्र […]