दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गौला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले बताए । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ । करिब तीन सय जना