बागलुङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल निर्माणको शिलान्यास गर्दै उनले पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहने बताए । मन्त्री बस्नेतले अस्पताल भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने वचन दिए […]