दाङ : धनुषा कमला नगरपालिका– ४ का रामनारायण ठाकुरलाई आम बाथले निकै दुःख दिएको थियो। उनले त्यसको उपचार भारतको हरिद्वारमा गराए पनि राम्रो भएन। एक छिमेकीले तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको राप्ती आयुर्वेद चिकित्सालयमा जाने सल्लाह दिएपछि उनी उपचार गर्न दाङ आएका थिए।उनले अस्पतालमा करिब साढे २ महिना उपचार गरेपछि आम बाथको समस्या कम हुँदै गएको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालबाट राम्रो सेवा सुविधा पाए पनि औषधि भने बाहिर किन्नुपर्ने बाध्यता रहेको बताए। ‘यहाँ