आयुर्वेद चिकित्सालय नरदेवीमा एकीकृत चिकित्सा प्रणालीबाट कोरोना संक्रमितको उपचार
चिकित्सालयले एचडीयू सहितको आइसोलेसन सेन्टरमा आयुर्वेद चिकित्सा, एलोपेथी चिकित्सा प्रणाली, योग प्रणायाम, कपिङ थेरापी, फिजियोथेरापीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो।
स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
देशकै दोस्रो ठूलो आयुर्वेद चिकित्सालय नरदेवी विस्तारै पुरानै लयमा फर्किन थालेको छ। झन्डै १० वर्षसम्म नेतृत्वविहीन रहेको आयुर्वेदिक चिकित्सालयले अस्पतालको सेवामा सुधार ल्याएको हो।
धन्वन्तरी दिवसको अवसर पारेर अस्पतालका सेवाहरुमा थप...
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ ।निर्माण कम्पनीबाट भवन हस्तान्तरण भएपछि चालू आर्थिक वर्षभित्रै ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ । अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण भएको हो ।चिकित्सालयका प्रमुख डा. खगेन्द्र […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरवार वैद्यखानाको प्रबन्ध निर्देशकमा डा शोभराम सुवेदीलाई जिम्मेवारी दिएको छ। यसअघि उनी आयुर्वेद चिकित्सालय नरदेवीमा थिए।
आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]