डेरी उद्योगलाई छुट्टै पहिचान दिने ‘लोगो’ प्रदान

काठमाडौं। दुग्ध पदार्थ कारोबार गर्ने डेरीलाई पहिलोपटक लोगो प्रदान गरिएको छ। दुग्धजन्य पदार्थको कारोबार गर्ने डेरीहरुलाई उनीहरुको छुट्टै पहिचान बन्ने गरी लोगो प्रदान गरिएको हो। यसक्रममा पहिलोपटक हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर (काभ्रे)ले लोगो लिएको छ। डेरीलाई राष्ट्रिय दुग्ध विकास बोर्डले उक्त डेरीलाई लोगो प्रदान गरेको हो।

सम्बन्धित सामग्री

कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद

विराटनगर। कृषिक्षेत्रका सरोकारवालाबीच यस क्षेत्रलाई अघि बढाउने उपाय खोज्ने क्रममा कृषि फाइनान्स, कृषि कर र कृषि बीमाको विद्यमान अवस्था र सवालबारे छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा विभिन्न जिल्लाका सरोकारवालाबीच विराटनगरमा संवाद गरिएको हो । महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि बजार विकासको लागि गरिएको निरन्तर संवाद कार्यक्रममा विशेष गरेर कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे सर्वाधिक विषय उठान भएको कारण यो कार्यक्रम आयोजना गरिएको बताइयो । कोशी प्रदेशको कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न महासंघ निरन्तर लागिरहेको भन्दै उपाध्यक्ष पोखरेलले संवाद कार्यक्रममा उठेका विषयमा महासंघले नीतिगत तहमा पैरवी गर्ने बताए ।  कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले अर्थतन्त्रको विकास कृषिक्षेत्रबाटै हुने बताए । उनले भारत र चीनले कृषिक्षेत्रमा गरेको विकासकै आधारमा शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरे । उनले कोशी प्रदेशका जिल्लामा नवप्रवर्तनात्मक कृषिक्षेत्रलाई अघि बढाउँदै मूल्य विविधीकरण गर्दै जानुपर्ने बताए ।  नेपालबाट भारतमा कृषि उपज निकासीमा समस्या रहेको औंल्याउँदै उनले आन्तरिक स्रोत परिचालन गर्दै कृषिलाई व्यवसायीकरण गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका हरिप्रसाद सेडाईंले कृषि करबारे जानकारी गराएका थिए । बीमा प्राधिकरणका पुष्पा खनालले प्राधिकरणले प्रदान गर्ने सेवाबारे जानकारी दिइन् ।  डेरी डेभलपमेन्टका एन्ड रिसर्च सेन्टरका डम्बर कार्कीले बैंक वित्तीय संस्थाहरू नाफामुखी भएर किसानको समस्या बुझ्न नसकेको बताए । जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रविन्द्र आचार्यले कृषि बीमामा बीमा दाबी बापतको रकम कृषकले समयमै पाउन नसकेको गुनासो गरे ।  उर्लाबारीका अचार उद्योग सञ्चालक मनोहरि दाहालले किसानको उत्पादन स्थानीय स्तरमै किन्नुपर्ने बाध्यात्मक व्यवस्था माग गरे । साना उद्यमीले भ्याटमा जान नसक्ने भएकोले उनीहरूलाई संरक्षण गर्दै उत्पादनको बजार सुनिश्चितता गरिदिनुपर्ने उनको सुझाव छ । बैंकले काम गरेको आधारमा कृषिकर्जा दिनुपर्ने सुझाएका उनले कृषि उत्पादनमा लाग्ने कर समेत हटाउन माग गरे ।  इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रीबहादुर बिष्टले कृषि बीमा तराईका जिल्ला केन्द्रित भएको आरोप लगाए । उनले बीमाले पहाड नदेखेको गुनासो गर्दै अलैंचीमा बीमा नभएका कारण किसान मर्कामा परेको बताए ।  कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मनोज यादवले वास्तविक किसानको पहिचान गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकका प्रतिनिधि अच्यूतकुमार थापाले वास्तविक किसानलाई ऋण दिन बैंकहरू डराउने गरेको बताए । उनले किसानलाई दिने ऋण बढाउँदै लैजाँदा झन् जोखिम बढ्ने आशंका व्यक्त गर्दै बैंकको पैसा पनि सर्वसाधारणकै भएकोले सोको सुरक्षा गर्नु राष्ट्र बैंकको दायित्व भएको बताए ।  पशुपालक किसानले सबै प्रकारका पशुचौपायामा बीमाको व्यवस्था गर्न आग्रह गरे । पहुँचवालाले मात्रै कृषिऋण पाउने अवस्थाको अन्त्य गर्न आग्रह गर्दै कृषि अनुदान पारदर्शी नहुँदा दुरुपयोग हुने गरेको उनीहरूले बताए । यसले लगानी जोखिममा पर्ने र वास्तविक किसानले ऋण नपाउने अवस्था सृजना भएको उनीहरूका भनाइ छ ।  कार्यक्रमका सहभागीले नेपालको कृषिक्षेत्रमा कुल बजेटको तीन प्रतिशतमात्रै विनियोजन हुने गरेको भन्दै त्यसलाई कम्तीमा १३ प्रतिशत पुर्‍याउनुपर्ने बताए ।  कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन संकायका निर्देशक डा. मोहन सुवेदीले कृषि फाइनान्स र कृषि करको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।

छुर्पी प्रोत्साहनमा सरकारी भूमिका

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमध्ये छुर्पी पनि प्रमुख हुन थालेको छ । दशकौंदेखि यूरोप, अमेरिकामा कुकुरबिरालाको खानाका रूपमा छुर्पीको निर्यात हुँदै आएको छ । यसैका लागि लक्षित गरी यस्ता उद्योग स्थापना भएका पनि छन् । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ५ महीनामा नेपालले ११८ करोडको छुर्पी निर्यात गरेको छ । गतवर्षको सोही अवधिमा ११० करोडको छुर्पी निर्यात भएको थियो । तर, छुर्पीको बजार सम्भावना हेर्दा यो आँकडा निकै कम भएको देखिन्छ ।  नेपालबाट सबैभन्दा बढी छुर्पी निर्यात हुने मुलुक अमेरिका हो । पाँच महीनाको अवधिमा त्यहाँ ५ लाख २५ हजार ९२४ किलो छुर्पी निर्यात भएको छ । त्यस्तै दोस्रो क्यानडामा ३७ हजारभन्दा बढी किलो छुर्पी निर्यात भएको छ । बेलायतमा ७ हजार किलोभन्दा बढी निर्यात भएको छ । जापान, दक्षिण कोरिया, सिंगापुर, नेदरल्यान्ड्स, ग्रीसलगायत झन्डै दुई दर्जन मुलुकमा छुर्पीको निर्यात भएको छ । नेपालको छुर्पीलाई कुकुर र बिरालोको खानाका रूपमा उनीहरूले प्रयोग गर्न रुचाएको देखिन्छ । यसबाट नेपालले छुर्पी अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन सक्ने सम्भावना देखिन्छ । उद्योगी व्यवसायीले नेपालले छुर्पीको गुणस्तर प्रमाणीकरण गरे निर्यात अझ बढ्ने बताएका छन् । तर, सरकारले किन यस्तो गरेको छैन ? यसको अर्थ यसप्रति सरकार गम्भीर छैन भन्ने हो ।  नेपालमा छुर्पी मात्र नभई सम्भावना भएका थुप्रै वस्तु छन् । तर, अधिकांशमा केही न केही अवरोध देखिन्छ । ती अवरोध हटाउने काम सरकारको हो । समस्या कायम रहनुको अर्थ सरकारले काम गर्न सकेको छैन भन्ने हो । नेपालले अन्य देशको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन । खासगरी औद्योगिक उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र गुणस्तर पनि कायम गर्न निकै कठिन हुने हुँदा त्यस्ता वस्तुको निर्यात गर्न सहज छैन । तर, केही नेपालका यस्ता मौलिक उत्पादन छन् जसले अन्य देशसँग खासै प्रतिस्पर्धा गर्नु पर्दैन । ती वस्तुको पहिचान गर्न बाँकी छ र पहिचान भएका वस्तुमध्ये छुर्पी एक हो । अहिले दूध उत्पादन बढेर विक्री गर्न समस्या भइरहेको छ । किसानले विक्री गरेको दूधको मूल्य पाइरहेका छैनन् । बजार अभाव भयो भन्ने डेरी उद्योगहरूको गुनासो छ । हुन पनि दूध उत्पादन मौसमी हुन्छ । कुनै बेला बढी उत्पादन हुन्छ भने कुनै बेला कम । यो चाँडै बिग्रने वस्तु भएकाले भण्डारण गर्न गाह्रो हुन्छ । यस्तोमा त्यसलाई छुर्पी बनाउन प्रयोग गर्ने हो भने मजाले बजार सुरक्षित पार्न सकिन्छ । तर, उत्पादन बढाउनु मात्र पर्याप्त छैन भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । अर्थतन्त्र वृद्धिका लागि उत्पादनको महत्त्वपूर्ण भूमिका हुन्छ र उत्पादित वस्तुलाई जतिसक्दो विदेश निर्यात गर्न सक्नुपर्छ । निर्यात बढाउने भन्ने कुरा भन्न जति सजिलो हुन्छ त्यसको व्यावहारिक र कानूनी प्रक्रिया त्यति नै जटिल हुन्छ । धेरै देशले नेपाली उत्पादनलाई शून्य भन्सार नीति लिएका छन् । त्यही नीतिअन्तर्गत यसको निर्यात बढाउन सकिन्छ । तर, यसका लागि पहिलो त गुणस्तर प्रमाणीकरण ज्यादै महत्त्वपूर्ण हुन्छ । नेपाली उत्पादन स्तरीय छ भनेर प्रमणित गर्ने नेपालको प्रयोगशाला नै छैन । नेपालले दिएको प्रमाणपत्रलाई विश्वास नगर्ने देशहरू छन् । त्यसमा पनि नेपालमा कुकुरबिरालाजस्ता जनावरलाई पाल्ने, हुर्काउने तथा त्यससम्बन्धी तालीम आदि ‘पेट’ व्यवसाय खासै छैन । त्यसले गर्दा पनि नेपाली उत्पादनलाई विदेशमा विश्वास गरिहाल्ने सम्भावना कम देखिन्छ ।  नेपालमा छुर्पी मात्र नभई सम्भावना भएका थुप्रै वस्तु छन् । तर, अधिकांशमा केही न केही अवरोध देखिन्छ । ती अवरोध हटाउने काम सरकारको हो । समस्या कायम रहनुको अर्थ सरकारले काम गर्न सकेको छैन भन्ने हो । त्यसैले सरकारले छुर्पीलगायत वस्तु उत्पादन तथा निर्यातमा देखिएका समस्यामा सम्बद्ध क्षेत्रको काम गर्नेका कुरा सुनेर सही नीति लिन आवश्यक छ । सरकारको सहजीकरणले विदेशी मुद्रा आर्जनमा मद्दत पुग्ने देखिन्छ ।

‘इण्डुज फुड टेक २०२४’ शुुरू  महासंघको प्रदर्शनीमा सहभागिता

काठमाडौं। खाद्य तथा पेयपदार्थसम्बन्धी अन्तरराष्ट्रिय प्रदर्शनी ‘इण्डुज फुड टेक २०२४’ सोमवारदेखि भारतको ग्रेटर नोयडामा शुरू भएको छ । खानेकुरा तथा पेय पदार्थसम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम रहेको बताइएको छ । भारतसहित दक्षिण एशियाली राष्ट्रलाई अन्तरराष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करीब ४५ जना उद्यमी व्यवसायीको टोली सहभागी रहेको बताइएको छ । प्रदर्शनीमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैंची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल कफी व्यवसायी महासंघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघमार्फत विभिन्न सातओटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् । प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नवीनतम प्रविधिको विस्तार, अन्तरराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हबको रूपमा हेरिएको छ । प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधिसहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको बताइएको छ । इण्डुज फुड टेकमा भारतसहित १०० देशका २ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् ।  प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवर्द्धन परिषद्ले प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसँग राखेको भेटमा महासंघका उपाध्यक्ष ढकालले नेपाल भारतबीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्ट लगायतमा रहेका समस्या समाधानका लागि आग्रह गरेका थिए । सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाइ पहिचान गरी सम्बोेधन गर्न आग्रह गरिन् ।

१० कच्चा पदार्थ पहिचान

काठमाडौं। काभ्रेको पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’मा उद्योग स्थापनाका लागि आवश्यक कच्चा पदार्थको पहिचान भएको छ । पाँचखाल नगरपालिकाको १०० रोपनी जग्गामा स्थापना हुने उक्त पार्कका लागि १० ओटा कच्चा पदार्थ पहिचान भई हाल अनुसन्धानको क्रममा रहेका छन् ।  २५ स्टार्टअप र २५ लघु उद्यमीका ५० साना उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अनुसन्धानमा नेशनल इन्स्टिच्युट अफ फुड टेक्नोलोजी आन्त्रप्रेनरशीप एन्ड म्यानेजमेन्ट र भारतको परराष्ट्र मन्त्रालयको सहयोग छ । यी संस्थाको सहयोगमा जडीबुटीमा तितेपाती–सिस्नो–नीम, मसलाअन्तर्गत अलैंची–टिमुर–अदुवा, आलु, लप्सी, बेसार, मह, कोदो–बाजरा–चिनो, मौसमअनुसारका तरकारी–फलफूल, प्रोबायोटिक पेय पदार्थ सुन्तला–जुनार–आरू–आलुबखडा र डेरी उत्पादनको अनुसन्धान जारी छ । महिला उद्यमी हरित औद्योगिक पार्क समिति सभापति शारदा रिजालले जडीबुटी, लप्सी, आलु, खाद्य प्रशोधन तथा प्राकृतिक फाइबर र दुग्ध उत्पादन प्राथमिकतामा परेका उद्योग भएको बताइन् । यो पार्कमा तीनओटा क्षेत्र हुनेछन् । सेवा क्षेत्रमा इको पर्यटन हुनेछ । सेवा क्षेत्रमा विभिन्न जातीय संस्कृति/शिल्पको प्रत्यक्ष शीप प्रदर्शन, स्थानीय खाना प्रदर्शनी पनि हुनेछ ।  उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ/कृषि खाद्य क्षेत्रसम्बन्धी उद्योग, स्टार्टअप र लघु उद्यमी हुनेछन् । आईटी विभागअन्तर्गत एक भर्चुअल बजार हुनेछ । स्थानीय उत्पादक र कृषकले हरित औद्योगिक पार्कभित्र महिला उद्यमीसँग प्रत्यक्ष कारोबार गर्न सक्ने उनको भनाइ छ । कृषिमा आधारित उत्पादनहरू र हरित प्रविधिमा ७० जना महिला उद्यमीको विशेषज्ञता र ज्ञान बढाउन पनि भारतको उक्त संस्थाले सघाउनेछ । यो पार्क सफल रूपमा सञ्चालन हुँदा काभ्रेका साथै अन्य ६ ओटा प्रदेशमा हरित औद्योगिक पार्क विस्तार गर्न सघाउ पुग्ने अपेक्षा राखिएको रिजालको भनाइ छ । परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र शीप अनुवाद गर्न मद्दत गर्ने पनि अपेक्षा गरिएको छ । त्यहाँ प्रत्यक्ष ५०० देखि १ हजारसम्म र अप्रत्यक्ष रूपमा २ हजारदेखि ३ हजारले रोजगारी पाउने उनले बताइन् । उक्त परियोजनाले महिला उद्यमशील इकोसिस्टमको विकास गर्न पार्कमा कम लागतमा व्यापार गर्ने अवसरसहितको एकीकृत पूर्वाधार र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ र खाद्य क्षेत्रसम्बन्धी उद्योग स्थापना हुनेछ । यसमा स्टार्टअप र लघु उद्यमी रहनेछन् । आईटीअन्तर्गत भर्चुअल बजार हुनेछ । अर्थमन्त्रीले गरे सहयोगको प्रतिबद्धता अर्थमन्त्री डा. प्रकाशशरण महतले पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ परियोजनालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुलुकका अन्य भागमा पनि यस्तै परियोजना विस्तार गरिने अर्थमन्त्री महतले बताए । ‘बेरोजगारी समस्या र युवा पलायन रोक्न महिला उद्यमशीलता र हरित अर्थतन्त्रलाई प्राथमिकता दिइनेछ,’ उनले भने । बागमती प्रदेशका सांसद तथा दक्षिण एशियाली महिला विकास मञ्चका वरिष्ठ उपाध्यक्ष याङ्किला शेर्पाले हरित औद्योगिक पार्कमार्फत पर्यावरण पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन् । यस्तै दक्षिण एशियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले सबै महिला सांसदलाई एकजुट भएर महिलाका मुद्दाका लागि काम गर्न आग्रह गरिन् । उनले ‘महिला उद्यमी हरित औद्योगिक पार्क ऐन’को विषय सदनमा उठाउन पनि सहभागी सांसदलाई आग्रह गरिन् । यस्तो ऐन बन्दा अन्य ६ प्रदेशमा यस्तै पार्क स्थापनामा सहयोग पुग्ने उनको भनाइ छ । यो पार्क सार्वजनिक–निजी साझेदारीमा बन्दै छ ।

तस्वीरहरूमा हेर्नुस् न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रम

काठमाडौं । न्यू बिजनेश एजले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्स कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।  अवार्ड्स कार्यक्रममा डक्टरस अन कल, अनामनगर, काठमाडौं, ईडिजिटल नेपाल, तीनकुने, काठमाडौं, फोकस वन (फोको) कालीमाटी काठमाडौं, सजिलो सेवा, झम्सिखेल, ललितपुर तथा इन्ग्रेल्स (वेद) धोवीघाट, ललितपुर बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट सम्मानित भएका हुन् ।  त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयरबाट डेलिस डेरी (ग्रीक योगर्ट), भरतपुर, चितवन, इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू, नक्साल, काठमाडौं सम्मानित भएका छन् । उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिसन, भिजन, भ्यालू प्रोपोजिसन र बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनोट गरेको हो । कार्यक्रमअन्तर्गत ‘टुवार्ड्स स्टार्टअप नेशन’ विषयमा प्यानल डिस्कसन पनि गरिएको थियो । प्यानल डिस्कसनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया ज्ञवाली, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी र उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । प्यानल डिस्कसनको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।  अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिगो, नेक्सन ईभी म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि कार्यक्रमलाई सहयोग गरेका छन् ।  हेर्नुस् तस्वीरहरू

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स : यी हुन् अवार्ड्स पाउने ८ कम्पनी

काठमाडौं । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ मा सहभागी भएकामध्ये ५ कम्पनीलाई 'बेष्ट स्टार्ट अप अफ द इयर' अवार्ड्समार्फत सम्मान गरिएको छ । डक्टरस अन कल, अनामनगर, काठमाडौं, ईडिजिटल नेपाल, तीनकुने, काठमाडौं, फोकस वन (मोको) कालीमाटी काठमाडौं, सजिलो सेवा, झम्सिखेल, ललितपुर तथा इन्ग्रेल्स (वेद) धोवीघाट, ललितपुर बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट सम्मानित भएका हुन् ।  त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयरबाट डेलिस डेरी (ग्रीक योगर्ट), भरतपुर, चितवन, इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल, ताहाचल, काठमाडौं र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू, नक्साल, काठमाडौं सम्मानित भएका छन् । उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिसन, भिजन, भ्यालू प्रोपोजिसन र बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनोट गरेको हो । डक्टरस अन कल घरघरमा पुगेर बिरामीको उपचार गर्ने कम्पनी हो । त्यस्तै ई-डिजिटलले गुणस्तरीय शिक्षाका लागि डिजिटलाइजेशनको काम गर्छ । फोकस वन पेमेन्ट वालेट कम्पनी हो । जसले भुक्तानी सहजीकरणमा काम गर्छ ।  सजिलो सेवाले सेवाग्राहीलाई आवश्यक पर्ने सूचना, सेवा उपलब्ध गराउँछ । वेदले शैक्षिक संस्थालाई आवश्यक पर्ने प्रविधिको विकास गरेको छ । इमरजिङ स्टार्ट अप अफ द इयरबाट सम्मानित डेलिस डेरीले दही, मोही उत्पादन गरेर उपभोक्तासमक्ष पुर्‍याउने गर्छ । त्यस्तै इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट सम्मानित  डिजिटल एज नेपाल वित्तीय सेवा प्रदायक कम्पनी हो भने  स्टार्ट अप स्केलअप अवार्डबाट सम्मानित फूडमान्डूले उपभोक्ताको घरघरमा अर्डर बमोजिमका खानेकुरा डेलिभरी गर्दै आएको छ ।

दुग्धजन्य उद्योगबाट आर्थिक फड्को मारेका तुलु

इलाम :  रसुवा पुर्ख्यौली घर भएका तुलु तामाङ २०५२ सालमा डेरी उद्योगमा काम गर्न इलाम हानिए। यती डेरीमा काम गर्न इलाम आएका उनी सुरुवातमा  दूध बोक्ने, दूध तताउने,दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे।उद्योगको मालिक परिर्वतन हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार जस्तै भएका थिए। तर अहिले तुलु आफैँले सफल उद्यमीको पहिचान बनाइसकेका छन्।   २०६६ सालमा आफैँले लक्की डेरी स्थापना गरेर चीज उत्पादन थालेका तुलुसँग अहिले करोडौँको सम्पती छ। ४० लिटर दुध खरिदबाट सुर

वर्ष २०७८ मा कृषिक्षेत्र : महामारीदेखि मल अभावसम्मको असर

काठमाडौं । वर्ष २०७८ कृषिक्षेत्र उतारचढावपूर्ण रह्यो । गतवर्ष किसानलाई न मौसमले साथ दियो, न त सरकारले उत्साहजनक कार्यक्रम ल्याउन सक्यो ।  घोषणा भएका अधिकांश कार्यक्रम समेत अधुरै रहे । वर्षको शुरुआतमै ६७ जिल्लामा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप देखियो । प्रकोपको समस्या रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रयास त थाल्यो, तर त्यो किसानले महसूस गर्नेगरी प्रभावकारी हुन सकेन । कोरोना महामारी र बन्दाबन्दीको मारमा रहेका दुग्ध उत्पादक किसान र व्यवसायीले पनि वर्षको शुरुआतमा सास्ती बेहोरे । महामारीका कारण बजारको चक्र बिग्रिएर ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र बटर मौज्दात विक्री हुन सकेन । दुग्ध व्यवसायमा वर्षको अन्त्यसम्म आइपुग्दा पनि चुनौती नै छ । वर्षको शुरुआतमा दूध बढी भयो । अहिले बजारमा अपुग भएर समस्या उत्पन्न भएको छ । त्यसबेला महामारीको प्रभावले दूध विक्री नभएपछि पशुपालक किसान घटे, जसले गर्दा अहिले बजारमा दैनिक ३ लाख लिटर दूध अपुग भएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रह्लाद दहालले बताए । उनका अनुसार आन्तरिक बजारमा दूध उत्पादन घटेपछि विदेशी दुग्ध उत्पादनले बजार पाउने खतरा बढेको छ । धेरै वर्षपछि सरकारले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउँदा किसान उत्साहित भए पनि अहिले त्यो मूल्यबाट किसान भन्दा पनि बिचौलियाले बढी नाफा कमाउने अवस्था आएको बताइएको छ । सधैंझैं गतवर्ष पनि किसानले रासायनिक मलको अभाव भोग्नुपर्‍यो । रोपाइँ हुने मुख्य सिजनमै अधिकांश जिल्लाका किसानले मल पाउन सकेनन् । सरकारी अनुदानको मल विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग पर्याप्त मौज्दात हुँदाहुँदै पनि सहज वितरण हुन सकेन । गत फागुनमा सरकारले भारत सरकारसँग जी टु जीमार्फत आगामी ५ वर्षका लागि ९ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने निर्णय गरेको छ । यद्यपि त्यसको कार्यान्वयनमा शंका नै छ । खेतीपातीको सिजन नजिकिँदै गर्दा ठेक्का पाएका कम्पनीले ठेक्काको म्याद सकिने बेलासम्म पनि मल आयात गर्न सकेका छैनन् । गतवर्ष प्राकृतिक प्रकोपबाट पनि किसान प्रताडित रहे । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षात्ले मुलुकभर १ लाख ११ हजार ६९ हेक्टर जमीनमा लगाइएको धानबाली नष्ट भयो । त्यतिबेला करीब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको ४ लाख २४ हजार १ सय १३ मेट्रिकटन धान नष्ट भएको कृषि मन्त्रालयको तथ्यांक छ । ‘खाद्यका लागि कृषि’ अभियानका संयोजक उद्धव अधिकारी पनि वर्ष २०७८ मा नेपाली किसान र समग्र कृषि क्षेत्रका लागि सकारात्मक भन्दा नकारात्मक पक्ष धेरै रहेको बताउँछन् । सकारात्मक पक्ष मुश्किलले एक–दुईओटा मात्र पाइने, तर नकारात्मक पक्ष अनगिन्ती रहेको उनको भनाइ छ । उनका अनुसार बेमौसमी वर्षात्ले पीडित किसानका लागि सरकारले ५ अर्ब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय केही आशालाग्दो देखिएको थियो । तर पीडित किसानले अहिलेसम्म पनि सरकारबाट क्षतिपूर्ति रकम पाउन नसक्नु दुःखद भएको उनले बताए । बेमौसमी वर्षात्ले धानबालीमा मात्र होइन, करीब ९० प्रतिशत आत्मनिर्भर रहेको भनिएको पुष्प व्यवसायमा पनि झन्डै ५ करोड रुपैयाँभन्दा बढीको क्षति भयो । तर सरकारबाट हालसम्म पनि उचित सम्बोधन हुन नसकेको पुष्प व्यवसायीको गुनासो छ । त्यसैगरी आत्मनिर्भर घोषणा भएको एक वर्ष नपुग्दै पोल्ट्री उद्योग संकटको अवस्थामा पुग्यो । अन्तरराष्ट्रिय बजारमा दानाको कच्चापदार्थदेखि औषधिसम्मको मूल्यवृद्धि, पटकपटकको बर्डफ्लु र रानीखेत जस्ता महामारीका कारण कुखुरापालक किसान बढी समस्यामा परे, जसकारण अधिकांश किसानले कुखुरा पाल्न छाडेपछि कतिपय ह्याचरी उद्योग समेत बन्द हुन पुगे । कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेर प्रतिकिलो करीब साढे ४०० नजिक पुगेको छ । अहिलेसम्म १४ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको भए पनि सरकारी निकायबाट त्यसको रोकथाम तथा नियन्त्रणमा सक्रिय पहल नभएको गुनासो किसानको छ । यसैगरी सरकारले कृषि क्षेत्रका लागि दिने गरेको सहुलियतपूर्ण ऋण पनि पारदर्शी नभएको चर्चा भयो । कृषिका लागि भनेर लगिएका ऋण अन्य क्षेत्रमा प्रयोग भएका खबर बाहिर आए । त्यसले गर्दा वास्तविक किसान सहुलियत ऋणको सुविधाबाट वञ्चित भएको विज्ञहरू बताउँछन् । वर्षको अन्त्यतिर भने कृषि क्षेत्रमा सानै भए पनि खुशीको खबर आयो । १६ जना युवा महिलाको समूह इम्प्याक्टर्स महिला विकास समाजले खेतीपाती गर्दा आइपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकताको प्रयोगबाट पहिचान गरी समाधान गर्ने ‘साथी’ नामक मोबाइल एपको विकास गरेको छ ।

नेपाल एग्रिटेक एक्स्पो तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एन्ड इभेन्टस्ले विगत वर्षझैं यो वर्ष चितवनको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागेको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो फागुन १३, १४ र १५ गतेसम्म एक्स्पो आयोजना गरिन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा कुखुरा, माछा, बाख्रा, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारे तालिम एवं गोष्ठी सञ्चालन हुनेछ । प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिलगायत कृषकले आधुनिक प्रविधि अनुशरण र जिज्ञासा मेटाउने अवसर मिल्नेछ । निःशुल्क प्रवेश व्यवस्था गरिने प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने स–साना औजार, मेसिनदेखि डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणको प्रदर्शनी गरिने आयोजकले बताएका छन् । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्नेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै नेपाल फुड एन्ड बेभरेज एक्स्पो पनि सञ्चालन गरिनेछ । प्रदर्शनीमा फुड एन्ड बेभेरेज एक्स्पोअन्तर्गत होटल तथा रेस्टुराँ, होस्टल, क्याफे, क्याटेरिङलगायत व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरण समावेश रहनेछन् । प्रदर्शनीले पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आयआर्जनमा सहयोगी भई कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकको छ । प्रदर्शनी उद्घाटन बागमती प्रदेश कृषिमन्त्री वसुन्धरा हुमागाईले गर्ने कार्यक्रम छ । प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघलगायत विभिन्न संघ–संस्थाको सहयोग रहनेछ ।

दूूधको अवसर

देशमा रहेका रोजगार वा स्वरोजगारलाई सरकारले सकेसम्म त्यही क्षेत्रमा रोजगारीको निरन्तरता दिने प्रयत्न गर्नुपर्छ तर तत्काल रोजगारी सम्भव नभएकालाई अन्य सम्भावित क्षेत्र पहिचान गरेर त्यस्तो रोजगारी वा स्वरोजगारीको अवसर सिर्जना गर्नेतिर ध्यान दिनुपर्छ । यो अवस्थामा दुग्ध व्यवसाय एउटा उपयुक्त सम्भावना रहेको क्षेत्र हुनसक्छ । यो क्षेत्रमा सुधार गर्न सक्ने हो भने यसले रोजगारीलाई मात्रै नभएर कुपोषण र भोकमरीलाई निवारण गर्न सघाउन सक्छ । डेरी (दुग्ध व्यवसाय) त्यस्तो क्षेत्र हो जसले ग्रामीण अर्थतन्त्र र सहरी अर्थतन्त्रबीचमा पुलको काम गर्छ ।