‘इण्डुज फुड टेक २०२४’ शुुरू  महासंघको प्रदर्शनीमा सहभागिता

काठमाडौं। खाद्य तथा पेयपदार्थसम्बन्धी अन्तरराष्ट्रिय प्रदर्शनी ‘इण्डुज फुड टेक २०२४’ सोमवारदेखि भारतको ग्रेटर नोयडामा शुरू भएको छ । खानेकुरा तथा पेय पदार्थसम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम रहेको बताइएको छ । भारतसहित दक्षिण एशियाली राष्ट्रलाई अन्तरराष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करीब ४५ जना उद्यमी व्यवसायीको टोली सहभागी रहेको बताइएको छ । प्रदर्शनीमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैंची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल कफी व्यवसायी महासंघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघमार्फत विभिन्न सातओटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् । प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नवीनतम प्रविधिको विस्तार, अन्तरराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हबको रूपमा हेरिएको छ । प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधिसहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको बताइएको छ । इण्डुज फुड टेकमा भारतसहित १०० देशका २ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् ।  प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवर्द्धन परिषद्ले प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसँग राखेको भेटमा महासंघका उपाध्यक्ष ढकालले नेपाल भारतबीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्ट लगायतमा रहेका समस्या समाधानका लागि आग्रह गरेका थिए । सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाइ पहिचान गरी सम्बोेधन गर्न आग्रह गरिन् । 

सम्बन्धित सामग्री

निर्माण व्यवसायीको जायज माग सम्बोधन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग महासंघले आग्रह गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्‍याउने निर्माण क्षेत्रका जायज माग सुनुवाइमा...

रिपव्लिक मिडियाकी निर्देशक ज्ञवाली महासंघको सदस्य

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। महासंघको साधारणसभामा वस्तुगततर्फबाट महासंघको केन्द्रीय सदस्यमा ज्ञवाली निर्वाचित भएकी हुन्।...

एमालेनिकट लोकतान्त्रिक जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा

एमालेनिटक लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा तोप्केगोला चयन भएका छन् । महासंघको महासचिवमा पेम्बा भोटे चयन भएका छन् । महासंघको १९ र २० चैतमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनले शेर्पालाई...

उसु महासंघको अध्यक्षमा बर्तौला

नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध चयन भएका छन्।

उसु महासंघको अध्यक्षमा बर्तौला

नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध चयन भएका छन्।

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।उनका अनुसार कार्यक्रममा देशभरका ७ सय बढी अगुवा पत्रकारहरू सहभागी हुनेछन् । यस्तै कार्यक्रम

यातायात व्यवसायी महासंघको अध्यक्षमा स्वाँर निर्विरोध

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २७ देखि २९ गतेसम्म चलेको महासंघको छैटौं राष्ट्रिय महाधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला निर्वाचित भएका छन् । यस्तै, ऐनकुमारी शाही र हरिशरण केसी समेत वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेको सिटौलाले बताए । महासंघको तीन वर्षे कार्यकालका लागि ७६ जनाको कार्यसमिति समेत महाधिवेशनबाट निर्वाचित बनेका छन् ।यसैगरी, महासंघको महासचिवमा डेकन

महासंघको महानिर्देशकमा अवस्थी

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको आइतबारको कार्यसमिति बैठकले आइतबारदेखि नै लागू हुने गरी अवस्थीलाई महानिर्देशकमा नियुक्त गरेको एक सदस्यले जानकारी दिए । अवस्थी...

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मणिकरत्न शाक्य

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मणिकरत्न शाक्य निर्वाचित भएका छन् ।महासंघको आठौँ साधारणसभाले सर्वसम्मतरूपमा शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको हो