इलाम : रसुवा पुर्ख्यौली घर भएका तुलु तामाङ २०५२ सालमा डेरी उद्योगमा काम गर्न इलाम हानिए। यती डेरीमा काम गर्न इलाम आएका उनी सुरुवातमा दूध बोक्ने, दूध तताउने,दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे।उद्योगको मालिक परिर्वतन हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार जस्तै भएका थिए। तर अहिले तुलु आफैँले सफल उद्यमीको पहिचान बनाइसकेका छन्। २०६६ सालमा आफैँले लक्की डेरी स्थापना गरेर चीज उत्पादन थालेका तुलुसँग अहिले करोडौँको सम्पती छ। ४० लिटर दुध खरिदबाट सुर