जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि