धनुषा : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धुमधामका साथ सुरु भएको छ। चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरक