भोजपुरा र मिथिलाञ्चल क्षेत्रमा मनाइयो चैती छठ

पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौत