नेपाल केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टोलीले नेपाललाई ७ रनले हराएको हो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज