जापानको पहिलो प्राथमिकता केयर गिभर र क्लिनर

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छफफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ गते श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाई क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् । नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षेत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाई क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकोे छ ।