प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कानुन व्यवसायीले बुधबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसन दिवसका अवसरमा उनीहरूले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरू विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। सोही क्रममा कानुन व्यवसायीहरूले मङ्गलवार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्। आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरूले बताएका छन्।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सोमबार पनि सर्वोच्च अदालतको ढोकामा दुई घन्टा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन सातादेखि आन्दोलनमा रहेका उनीहरूले सधैँझैँ कार्यालय समय सुरु...
काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग […]
काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने मागसहित बारका कानुन व्यवसायीले आन्दोलन जारी राखेको हो।
वकिलहरु आज बारबाट सर्वोच्च प्राँगण पस्न खोज्दा सदाझैं प्रहरीसँग धकेलाधकेल भएको थियो। सर्वोच्चमा अन्दोलन गर्दा बल प्रयोग नगर्न वकिलहरुले आग्रह गर्दै आएका…
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाको बलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनमा हस्तक्षेप गरेको बताएका छन् । आज (शुक्रबार)को धर्नापछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यवसायीहरूको गेट बन्द गरेकोमा पनि आपत्ति जनाए । श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्च प्राङ्गणमा आफूहरू छिर्ने, नपाए मुख्य गेटमा धर्ना जारी राख्ने […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्च अदालतमा प्रवेश गरेका छन् । कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेट अगाडि विरोध प्रदर्शन एवं धर्ना जारी राखेकाले जबरा अर्को गेटबाट अदालत प्रवेश गरेका हुन् । ...