आजपनि बारको धर्ना जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग […]

सम्बन्धित सामग्री

सर्वोच्चको गेटअगाडि तनाव, चोलेन्द्रका समर्थकद्वारा नाराबाजी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थकहरू मोटरसाइकल र्‍यालीसहित सर्वोच्चको गेटमा पुगेर त्यस आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । भित्र नेपाल बार एसोसिएसनको शान्तिपूर्ण धर्ना जारी रहँदा चोलेन्द्र समर्थक केही युवाहरूले सर्वोच्चको गेटअगाडि आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । त्यसक्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाहिर नाराबाजी हुन थालेपछि कानून व्यवसायीहरूले पनि भित्रबाट चोलेन्द्र प्रवृत्ति मुर्दावाद भनेर नार...